
करेन्ट लागेर सप्तरीमा श्रीमान श्रीमती दुवैजनाको मृत्यु भएको छ । कञ्चनरुप नगरपालिका–५ पिपराका ५० वर्षीय बद्रि सरदार र उनकी ४५ वर्षीया पत्नी विमला देवी सरदारकाे करेन्ट लागेर मृत्यु भएकाे हाे ।
उनिहरूलाई शनिबार आफ्नै खेतमा काम सकेर घर फर्कने क्रममा करेन्ट लागेकाे थियाे । इलाका प्रहरी कार्यालय कञ्चनरुपका प्रहरी प्रमुख डीएसपी माधवप्रसाद काफ्लेका अनुसार खेतमा काम सकेर घर फर्कने क्रममा जंगली जानवरबाट धानबाली जोगाउन स्थानीय महेन्द्र सरदारले लगाएको बारमा करेन्ट लागेर मृत्यु भएकाे बताइएकाे छ ।
करेन्ट लागेर दुवैजनाको घटनास्थलमै मृत्यु भएको र घटनाबारे थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।