
आगामी दुई वर्षसम्मका लागि ९७ वटा हिमालहरू नि:शुल्क आरोहण गर्न मिल्ने भएको छ । नेपाल सरकारले आगामी दुई वर्षका लागि विभिन्न ९७ वटा हिमालहरूको आरोहण नि:शुल्क गरेको हो ।
सरकारले केही दुर्गम क्षेत्रहरूमा पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले ९७ वटा हिमालको आरोहण नि:शुल्क गरेको हो । यहि साउन १८ गते बसेको मन्त्रिपरिषद् बैठकले सुदूरपश्चिम र कर्णाली प्रदेशका सम्पूर्ण हिमाल आरोहण नि:शुल्क बनाउने निर्णय गरेको नेपाल पर्यटन बोर्डले जनाएको छ ।
सुदूरपश्चिम र कर्णाली प्रदेशमा ९७ वटा हिमाल रहेका छन् । जसमा ३ वटा ७ हजार मिटरभन्दा अग्ला हिमाल रहेको र हिमालहरूको सलामी दस्तुर विदेशीका लागि १ सय ७५ डलरदेखि ५ सय डलरसम्म पर्छ ।
हाल सरकारले नि:शुल्क खुला गरिएका हिमालहरूको सूचीमा अपि, नाम्पा चुली, सैपाल इस्ट, जेठी बहुरानी, सैपाल, कान्ति कान्जिरोवा नर्थ, पुथा वेस्ट लगायत रहेका छन् ।