Advertisement Banner
Advertisement Banner

०७ शनिबार, भाद्र २०८२16th June 2025, 6:20:04 am

सागसब्जी र फलफूल बोकेका सयौं कन्टेनर मितेरीपुलपारि

३१ शुक्रबार , श्रावण २०८२८ दिन अगाडि

सागसब्जी र फलफूल बोकेका सयौं कन्टेनर मितेरीपुलपारि

१२ दिन अघि भोटेकोशी गाउँपालिका–२, इकुमा लेदोसहितको खसेको पहिरो पन्छाउन नसक्दा प्याज, लसुन र फलफूल बोकेका ६०० कन्टेनर मितेरीपुलपारि रोकिएका छन् । पहिरोले अवरुद्ध कोदारी राजमार्ग सञ्चालन नहुँदा कन्टेनरहरु मितेरीपुलपारि रोकिएका हुन् ।

उक्त कोदारी राजमार्गमा झन्डै दुई किलोमिटर क्षेत्रमा पहिरो गएको छ । पहिरो पन्छाउन नसक्दा सवारी साधन उतै रोकिएका छन् भने पैदल हिँड्न पनि कठिन भएको नेपाल ट्रक कन्टेनर ढुवानी सेवाका अध्यक्ष अर्जुन सापकोटाले जनाएका छन् ।

हाल सरकारीस्तरबाट पहिरो पन्छाउने प्रयास नभएकोले कन्टेनरका सामान भरियालाई बोकाएर पहिरो कटाउन थालिएको बताइएको छ । यता चरिकोटस्थित सडक डिभिजन कार्यालयका प्रमुख अमितकुमार श्रेष्ठले निरन्तर लेदो बगेर सडक अवरुद्ध भएको बताउदै पहिरो रोकिना साथ बाटो खोलिने बताएका छन् ।