
सरकारले नागढुंगा सुरुङमार्गको उपभोग दस्तुर तोकेको छ । सूचना तथा सञ्चार प्रविधिमन्त्री एवं सरकारका प्रवक्ता पृथ्वी सुब्बा गुरुङले पत्रकार सम्मेलन मार्फत जानकारी दिएका हुन् ।
हिँजाे सञ्चार मन्त्रालयमा आयोजना गरिएको पत्रकार सम्मेलनमा बाेल्दै मन्त्री गुरुङले सोमबारको मन्त्रिपरिषद्काे निर्णय सार्वजनिक गर्दै उक्त जानकारी दिएका थिए । मन्त्रिपरिषद् बैठकले नागढुंगा सुरुङमार्ग मार्फत कार तथा भ्यानहरूले काठमाडौँ आउँदा ६५ रुपैयाँ र जाँदा ६० रुपैयाँ दस्तुर तिर्नुपर्ने निर्णय गरेको बताइएकाे छ ।
त्यसैगरि मिनिबस र मिनिट्रकले काठमाडौं आउँदा १ सय १५ रुपैयाँ र जाँदा ८० रुपैयाँ तोकिएको छ भने बस तथा ट्रकले काठमाडौं आउँदा २ सय ६० र जाँदा २ सय रुपैयाँ दस्तुर तिर्नुपर्ने छ भने भारी सवारीसाधनका लागि काठमाडौं आउँदा ६ सय र जाँदा २ सय ५० दस्तुर तोकिएको छ ।
नागढुंगा सुरुङ आयोजना अहिले निर्माणको अन्तिम चरणमा पुगेकाे र सरकारले आगामी सन् २०२६ देखि सुरुङ सञ्चालनको लागि आन्तरिक तयारी गरिरहेको बताइएकाे छ ।