
बागलुङ–बेनी सडक तीन करोड २१ लाखको लागतमा मर्मतसम्भार गरिएकाे छ । सडक डिभिजन कार्यालयले १४ किलोमिटर बागलुङ–बेनी सडक मर्मतसम्भार गरेको हाे ।
उक्त सडक मालढुङ्गा–बेनी सडकको विकल्पका रूपमा प्रयोग हुँदै आएको थियाे । सडक पहिरो, खाल्डाखुल्डी र कालोपत्र उप्किएर जीर्ण हुँदा कष्टपूर्ण यात्रा गर्नुपर्ने बाध्यता रहेकाेमा मर्मतसंम्भार पछि सहज हुने भएकाे छ ।
उक्त सडकको हुलाके, भसभसे, ढाडेनी, सिम र पाङ्ग्रेखोलामा पहिरो पन्छाएर फराकिलो पार्ने, ढलान, ग्राभेल र कालोपत्र, वर्षाको पानी निकासका निम्ति पक्की नाला, ग्याबियन जाली, टेवा पर्खाल पनि निर्माण गरिएको उक्त कार्यालयले जनाएकाे छ ।