Advertisement Banner
Advertisement Banner

०७ शनिबार, भाद्र २०८२16th June 2025, 6:20:04 am

किरण चेम्जोङ बंगलादेश पुलिस क्लबमा अनुबन्धित

३० बिहिबार , श्रावण २०८२९ दिन अगाडि

किरण चेम्जोङ बंगलादेश पुलिस क्लबमा अनुबन्धित

नेपाली राष्ट्रिय फुटबल टोलीका कप्तान तथा गोलकिपर किरणकुमार चेम्जोङ बंगलादेश पुलिस क्लबमा अनुबन्धित भएका छन् । चेम्जोङ बंगलादेशको शीर्ष डिभिजन क्लब बंगलादेश पुलिस क्लबमा अनुबन्धित भएका हुन् ।

चेम्जोङले पुलिस क्लबमा अनुबन्धित भएसंगै बंगलादेशको लिग खेल्ने भएका छन् । उनले यसअघि माल्दिभ्सको ट्रस्ट एन्ड केयर स्पोर्ट्स क्लब, माजिया क्लब र भारतको मिनर्भा पञ्जाबबाट खेलिसकेका छन् ।

सन् २००७ देखि राष्ट्रिय टोलीको गोलकिपरको रुपमा खेल्दै आएका ३५ वर्षीय चेम्जोङ पछिल्लो समय क्लबविहीन थिए भने यो उनको चौथो विदेशी क्लब हो । उक्त सम्झौतासँगै बंगलादेश पुलिस क्लबमा आवद्ध रहेका नेपाली राष्ट्रिय टिमका सहकर्मी २१ वर्षीय आयुष घलानसँगै चेम्जोङले लिग खेल्ने भएका छन् ।