
माध्यमिक शिक्षा परीक्षा (एसइई)को मौका परीक्षा आजदेखि सुरु भएको छ । बोर्डले सार्वजनिक गरेको परीक्षा तालिकाअनुसार आजदेखि सुरु भएको मौका परीक्षा भदौ ६ गतेसम्म चल्ने छ ।
आजदेखि सुरु भएको परीक्षामा १ लाख ४२ हजार ८ सय ५३ जना विद्यार्थीहरू सहभागी भएका छन् । आज अनिवार्य अंग्रेजी, संस्कृतरवेद विद्याश्रमतर्फ अनिवार्य संस्कृत रचना अनिवार्य अंग्रेजी र मदर्सातर्फ अनिवार्य अरेबिक भाषा र अनिवार्य अंग्रेजी परीक्षा भएको छ ।
यसअघि २०८१ सालको एसइई परीक्षा गत चैत ७ गतेबाट सुरू भएर १४ गते सकिएको र परिक्षाको नतिजा गत असार १३ गते सार्वजनिक भएको थियो । उक्त एसइई परीक्षामा ६१.८१ प्रतिशत विद्यार्थी पास भएका थिए भने १ लाख ६७ हजार ५ सय ९७ विद्यार्थी फेल भएका थिए ।
२०८१ को एसइई परीक्षामा फेल भएका मध्ये २४ हजार ७ सय ४४ जना विद्यार्थीहरूले एसइई मौका परीक्षाको फारम नै नभरेको राष्ट्रिय परीक्षा बोर्ड परीक्षा नियन्त्रण कार्यालय कक्षा-१० का नियन्त्रक टुकराज अधिकारीकाले जानकारी दिएका छन् ।
२०८१ को एसइई परीक्षामा ३८.१९ प्रतिशत विद्यार्थीको नतिजा अवर्गीकृत अर्थात् फेल भएकोमा अहिलेको मौका परिक्षामा १ लाख ४२ हजार ८ सय ५३ जना विद्यार्थीहरू सहभागी भएका हुन् ।