Advertisement Banner
Advertisement Banner

२० बुधबार, श्रावण २०८३21st July 2026, 3:28:44 pm

दशमा नौ बालबालिका डरलाग्दो गरिब

२० सोमबार , असार २०७३१० बर्ष अगाडि

दशमध्ये ९ बालबालिका अति गरिबीको रेखामुनी छन्। युनिसेफको २०१६ को प्रतिवेदनअनुसार धनी बालबालिकाभन्दा अधिकांश गरिब बालबालिका अस्वस्थ तरिकाले जन्मन्छन्। ८४ प्रतिशत धनीबालबालिकाले बालशिक्षा पाउने गरेका छन् भने ४१ प्रतिशत बालबालिकाले जीवन परिवर्तनको मौकाबाट बन्चित हुनेगरेका छन्।
भूकम्पपछिका दिनमा नेपाली बालबालिकाको जीवनचक्र झन बढी जोखिमपूर्ण भएको छ। नेपालका अति गरिव बालबालिकाहरुप्रति सरकार, सरोकारवाला संस्था, धनाध्ये, दातृनिकाय, व्यापारी–उद्यमी, राष्ट्रिय संगठन र बालअधिकाकर्मीहरुले दिनुपर्ने जति ध्यान दिन नसकेको पनि युनिसेफको हालै जारी रिपोर्टमा उल्लेख छ।
नेपालमा अस्वस्थताका पर्याप्त कारणहरुले गर्दा बालमृत्युदर बृद्धि भएको छ। कूपोषण बढेर गएको छ। गरिवीविरुद्ध लगानी गर्ने कि गरिबीका कारणले विश्व समाजलाई विभाजित गर्ने भन्ने प्रश्न उठिरहेको स्थितिमा नेपालमा पनि त्यही प्रश्न उठेको छ। नेपालमा ५ वर्ष मुनीको बाल मृत्युदर १४१ बाट ३६ मा त झर्‍यो, केटा र केटीको स्कूल जाने प्रतिशत पनि बराबर भयो तर ५ वर्ष भित्रै गरिब बालमृत्युदर दोब्बर छ। नेपालका बालबालिकाको संरक्षणमा राज्यले स्पष्ट र दरिलो नीति निर्माण गरेर कार्यान्वयन नगर्ने हो भने जोखिमबाट बचाउन सकिने छैन।