Advertisement Banner
Advertisement Banner

०४ सोमबार, फाल्गुण २०८२10th February 2026, 12:33:31 am

देशभरकाे माैसम बदलीसँगै एकदुई स्थानमा भारी वर्षा

२८ मंगलबार , श्रावण २०८२६ महिना अगाडि

देशभरकाे माैसम बदलीसँगै एकदुई स्थानमा भारी वर्षा

नेपालको तराई नजिक रहेकाे मनसुनको न्यूनचापीय रेखाका कारण देशभरकाे माैसम साधारणतया बदली रहने जल तथा मौसम विज्ञान विभाग पूर्वानुमान महाशाखाले जनाएकाे छ । महाशाखाका अनुसार देशभरकाे माैसम बदली हुनुका साथै कोशी प्रदेशको पहाडी भागको एकदुई स्थानमा भारी वर्षाको सम्भावना रहेकाे बताइएकाे छ ।

त्यस्तै आज दिउँसो देशभर साधारणतया बदली रहने र देशका पहाडी भूभागका धेरै स्थान र मधेस प्रदेशलगायत अन्य प्रदेशका तराई भागका केही स्थानमा मध्यम वर्षाको सम्भावना रहेको पनि महाशाखाकाे भनाइ रहेकाे छ ।

त्यसैगरि आज राति देशभर पूर्णतया बदली रहने र मधेसलगायत कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशको पहाडी र तराई भागका धेरै स्थान र अन्य प्रदेशका पहाडी र तराई भागका केही स्थानमा मध्यम वर्षाको सम्भावना रहेकाे छ ।

त्यस्तै महाशाखाका अनुसार मधेस प्रदेशलगायत कोशी र बागमती प्रदेशको पहाडी र तराई भागका केही स्थानमा भारीदेखि धेरै भारी वर्षा हुनेछ भने गण्डकी प्रदेशका पहाडी र तराई साथै लुम्बिनी प्रदेशका तराईको एकदुई स्थानमा भारी वर्षाको सम्भावना रहेको जनाइएको छ ।