Advertisement Banner
Advertisement Banner

०६ बुधबार, श्रावण २०८३21st July 2026, 3:28:44 pm

आज ३१ औं विश्व आदिवासी दिवस मनाइँदै

२५ शनिबार , श्रावण २०८२एक बर्ष अगाडि

आज ३१ औं विश्व आदिवासी दिवस मनाइँदै

आज विविध कार्यक्रमकाे आयोजना गरि ३१ औं विश्व आदिवासी दिवस मनाइँदै छ । दिवसकाे अवसरमा नेपाल आदिवासी जनजाति महासंघ (नेफिन)ले काठमाडौंमा झाँकीसहितको र्‍याली गरेर विषेश समारोह मनाउन लागेकाे हाे ।

काठमाडौंको भृकुटीमण्डपबाट बिहान ११ बजे ​​“प्राकृतिक श्रोत, जल, जमिन र जंगल माथी आदिवासी जनजातिको अधिकार सुनिश्चित गर, संयुक्त राष्ट संघका एजेन्सी संस्था युएनड्रिप र आईएलओ १६९ सम्बन्धी सर्बोच्च अदालतको निर्देशनात्मक आदेश कार्यन्वयन गर” भन्ने मूल नारासहित विविध जातजातिको झाँकीसहितको र्‍याली निकालिदै छ ।

नेपाल सरकारका प्रवक्ता तथा संचार तथा सूचना प्रविधि मन्त्री पृथ्बीसुब्बा गुरुङले राष्ट्रिय सभा गृहमा दिउँसो १ बजे मूल समारोहलाई उद्घाटन गर्ने कार्यक्रम रहेको छ भने साँस्कृतिक झाँकीसहितको  र्‍याली भृकुटिमण्डपमा जम्मा भएर भद्रकाली, सून्धारा, वीर अस्पताल, रत्नपार्क, पूरानो बसपार्क परिक्रमा गरेर राष्ट्रिय सभागृहको सभाहलमा प्रवेश गरी मूल समारोहमा परिणत हुने आयोजकले जनाएकाे छ ।

आदिवासी जनजातिहरुको कला, संस्कृति, पहिचान, भेषभुषा तथा खानाका परिकारसहितको उत्सव आयोजना गरिएकाे दिवसमा मातृभाषालाई सरकारी कामकाजको भाषाको रुपमा मान्यता दिएर कार्यन्वयनको चरणमा प्रवेश गरेको भन्दै तत्कालिन बागमती प्रदेश सरकारको मूख्यमन्त्री शालिकराम जमरकटेल र गण्डकी प्रदेशको मूख्यमन्त्री सूरेन्द्रराज पाण्डेलाई सम्मान गर्ने तयारी रहेकाे आदिवासी जनजाति महासंघका अध्यक्ष ग्याल्जेन शेर्पाले जनाएका छन् ।