Advertisement Banner
Advertisement Banner

०४ सोमबार, फाल्गुण २०८२10th February 2026, 12:33:31 am

ट्रेकिङ गाइडहरुलाई प्रोफेसनल ट्रेकिङ गाइडको प्रशिक्षण

२५ शनिबार , श्रावण २०८२६ महिना अगाडि

ट्रेकिङ गाइडहरुलाई प्रोफेसनल ट्रेकिङ गाइडको प्रशिक्षण

नेपाल एडभेन्चर एकेडेमीले ट्रेकिङ गाइडहरुलाई प्रोफेसनल ट्रेकिङ गाइडको प्रशिक्षण प्रदान गरेको छ । नेपालको पर्यटकीय क्षेत्र र यस क्षेत्रमा काम गर्ने गाइडहरुलाई सक्षम बनाउने र कसरी पर्यटकलाई आकर्षित बनाउने तथा अन्तरासष्ट्रिय तरिकाले कसरी ग्रुप मेनेज गर्न सकिन्छ भन्ने उद्धेश्यले नेपाल एडभेन्चर एकेडेमीले असार २० गदेखि साउन २० गतेसम्मे एडभान्स ट्रेकिङ  गाइड ९प्रो लेवल० प्रशिक्षण सञ्चालन गरेको हो । प्रशिक्षणमा ३२ जना प्रशिक्षार्थीहरु तथा ट्रेकिङ गाइडहरु सहभागी थिए ।

एक महिने प्रशिक्षणको पूर्व उर्जा राज्य मन्त्री तथा संघीय सांसद सुर्यमान दोङको प्रमुख आतिथ्यतामा नेपाल एडभेन्चर एकेडेमीको कार्यालय चावहिलमा मंगलबार समापन गरिएको हो । समापन कार्यक्रममा बोल्दै पूर्व पूर्व उर्जा राज्य मन्त्री तथा संघीय सांसद सुर्यमान दोङले यो प्रशिक्षण पछि आफुले जानेका कुराहरु आफनो गाउ ठाउ र समाजमा पनि पर्यटकको विकासको लागि योगदान दिन आह्वान गर्दै सवै प्रशिक्षार्थीहरुलाई उज्वल भविष्यको शुभकामना दिनु भयो ।

काठमाडौको चावहिलमा रहेको नेपाल एडभेन्चर एकेडेमीले पर्यटकीय क्षेत्रमा कार्यरत तथा नया गाइडहरुलाई लक्षित गरी एक महिने एडभान्स टे«किङ गाइड ९प्रो लेवल० तालिममा ट्रिप व्रिफिङ, फष्ट एड, प्mलोरा फाउन, नियम तथा कानुन, धर्म, सस्कार र इतिहास, म्याप रिडिङ तथा मोडन एप्स , साइकोलोजी, फुड सेफटी, योगा मेृडिटेशन, ग्रुप लिडिङ, क्याम्प सेटअप म्यानेज्मेन्ट, कम्युनिकेशन स्किल, स्टोरी टेलिङ लगायत यावत विषयहरुमा प्रशिक्षण प्रदान गरेको हो । प्रशिक्षणको संयोजकका रुपमा सोम कुस्कुमाझी , प्रशिक्षण इन्चार्ज नारायण ताम्राकार, तथा प्रशिक्षकहरु डा। खुलेश थापा, पुण्य प्रसाद पराजुली, गोबिन्द बस्याल, समिर गुरुङ, लालबहादुर जिरेल कार्तिके तिवारी, कृष्ण घिमिरे, पुष्कर राज पन्त, विमल सुवेदी, लक्ष्मण पौडेल, कमलराज गोसाई, साबुराजा महर्जन, कमल प्रजापति, कुमार पराजुली, अनिल चटौत लगाएतका प्रशिक्षकहरुले आ आफ्नो योग्यता र बिज्ञताको बिषयहरुमा प्रशिक्षण गराउनु भएको थियो ।

एक महिनाको प्रशिक्षणमा आफुहरुले सोचे भन्दा धेरै कुराहरु ब्यबहारिक तरिकाले सिक्न पाएको आफनो पेशालाई मर्यादित र ब्यबसायिक बनाउन ठुलो सहयोग मिलेको प्रशिक्षणमा सहभागी प्रशिक्षर्थीहरुले बताए । प्रशिक्षणमा उमेश घले, देव गुरुङ, कुसाङ शेर्पा, आङ दावा तामाङ, गोकुल घले, हरी चन्द्र कार्की, बालकुमार राई, शितल राई, मेम्बर तामाङ, आयुश राई, ध्रुव महत्व, सुदिप तामाङ, सन्तोष राई, सुरेश लोप्चन, प्रदीप राई, दुर्गा गुरुङ, दावा शेर्पा, दावा वाङजु शेर्पा, उपेन्द्र नाछिरिङ राई, कोन्चोक शेर्पा, एडि कुलुङ राई, सोनाम लामा, जितेन राई, धनबहादुर बोहोरा, सरोज कार्की, ङिमा लामा शेर्पा, छिरिङ दोर्जे गुरुङ, मनी गुरुङ, सुखराज कुलुङ, प्रदिप कुलुङ, विविचन कुलुङ लगायतले प्रशिक्षण लिएका थिए ।

प्रशिक्षणको समापन कार्यक्रममा माउन्टेन इको ट्रेक, टिम राम एडभेन्चर, माउण्ड म्याजिक ट्रेक, ¥याड ग्लोबल एडभेन्चर, जीजी ट्रेक, क्रस एडभेन्चर , नेपाल मल्टी एडभेन्चर, हिमालय लभर ट्रेक, नेपाल इन्फो ट्रेक लगायतका ट्रेकिङ कम्पनीहरुका सञ्चालक तथा प्रतिनिधिहरुको सहभागीता रहेको थियो । नेपालका ट्रेकिङ गाइडहरुलाई अन्तराष्ट्रिय स्तरमा पुराउन नेपाल एडभेन्चर एकेडेमीको लक्ष्य रहेको तालिक संयोजक सोम कुस्कुमाझीले बताउनुभयो । एकेडेमीले प्रदान गरेको प्रशिक्षण अन्तरािष्ट्रय स्तरको रहेको उहाँको भनाइ छ । एकेडेमीले दोश्रो सेसनको प्रशिक्षण अझ प्रभाबकारी र आधुनिक तरिकाले प्राक्टिकल बेसमा सञ्चालन गर्ने तयारी गरिरहेको छ ।