
सप्तरीको रुपनी गाउँपालिका–३, कटैयामा करेन्ट लागेर एकजनाको मृत्यु भएकाे छ । करेन्ट लागेर आज बिहान एकजनाको ज्यान गएको हाे ।
करेन्ट लागेर स्थानीय शम्भुकुमार इसरको मृत्यु भएको जिल्ला प्रहरीका प्रहरी नायब उपरीक्षक जितेन्द्रकुमार बस्नेतले जानकारी दिएका छन् । धान खेतमा लगाइएको विद्युतीय मोटर खोल्ने क्रममा त्यहाँ रहेको नाङ्गो तारमा छुँदा करेन्ट लागेको थियाे ।
करेन्ट लागेर ४२ वर्षीय इसरकाे घटनास्थलमै मृत्यु भएकाे बताइएकाे छ । तराइमा करेन्ट लागेर हिजाेआज दैनिकजसाे मानिसकाे मृत्यु हुने गरेकाे छ ।