Advertisement Banner
Advertisement Banner

२४ शुक्रबार, श्रावण २०८२16th June 2025, 6:20:04 am

दिल्लीबाट ४० जना नेपाली महिला नेपाल फर्काइयाे

२४ शुक्रबार , श्रावण २०८२६ घण्टा अगाडि

दिल्लीबाट ४० जना नेपाली महिला नेपाल फर्काइयाे

भारतकाे बाटाे हुँदै घरेलु कामदारका रूपमा कुवेत, साउदी अरब, ओमान र दुबइलगायतका देशहरूमा जान लागेका ४० जना नेपाली महिलालाई नेपाल फर्काइएकाे छ । खाडी मुलुकमा जान लागेका उनीहरूलाई भारतको राजधानी दिल्लीबाट फर्काइएको हो ।    

उनीहरु वैदेशिक रोजगारीका लागि घरेलु कामदारका रूपमा खाडी मुलुक जान लागेका थाहा पाएपछि नेपाली राजदूतावासको समन्वय र भारतीय प्रहरीको सहयोगमा ‘किन इण्डिया’ले उद्धार गरेर रूपन्देहीको सुनौली नाका हुँदै काठमाडौँ ल्याइँदै छ ।

दूतावासकाे समन्वयमा महिपालपुरका होटलहरूबाट ६३ जना महिलालाई निकालेको मध्ये २३ जना आवश्यक कागजात पूरा गरेर युरोपका विभिन्न देश जाने तयारी रहेकाले उनीहरूलाई छाडिएको बताइएकाे छ । अन्य ४० मध्ये ३१ जना कुवेत, ४ जना ओमन, ४ जना दुबई र १ जनालाई साउदी अरब पठाउन लागिएको थियो ।

उनीहरुलाई भिजिट भिसा तथा भारतको बाटो प्रयोग गर्ने विकल्प प्रयोग गरी नेपालका २४ जिल्लाका विभिन्न स्थानबाट दिल्ली पुर्‍याइएको खुलेको छ ।