Advertisement Banner
Advertisement Banner

२४ शुक्रबार, श्रावण २०८२16th June 2025, 6:20:04 am

रविको थुनामुक्तिको निवेदन रुपन्देही जिल्ला अदालतमा

२३ बिहिबार , श्रावण २०८२२१ घण्टा अगाडि

रविको थुनामुक्तिको निवेदन रुपन्देही जिल्ला अदालतमा

२२ साउनमा रवि लामिछानेले थुनामुक्तिका लागि रुपन्देही जिल्ला अदालतमा निवेदन दिएका छन् । रवि लामिछाने सहकारी ठगी,संगठित अपराध, सम्पत्ति शुद्धिकरण लगायत अभियोगमा रुपन्देही कारागारमा थुनामा छन् । उनलाई एक्लै थुनामा राखेकोमा पूर्वप्रम डा.बाबुराम भट्टराईले दुःखद भनेका छन् ।
राष्ट्रिय स्वतन्त्र पार्टीले रविका पक्षमा हस्ताक्षर अभियान चलाएको छ, हस्ताक्षर तीनलाखको हाराहारीमा पुगिसकेको छ । हस्ताक्षर अभियानले रविलाई समर्थन र हौसला र राज्यलाई दबाब सिर्जना हुनपुगेको छ ।
दुर्गा प्रसाईसमेत धरौटीमा रिहा भइसकेका छन् । रविले पनि धरौटीमा मुद्दा लड्न पाउने सुविधा पाउने सम्भाबना बढेर गएको छ ।
रविको निवेदनमा राजनीतिक प्रतिशोधका आधारमा थुनामा राखिएकोले  मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ को दफा ६८ र ७१ अनुसार बैंक जमानतमा रिहा गर्न माग गरेका छन् । रवि लामिछाने चैत २५ देखि रुपन्देही कारागारमा छन् ।