Advertisement Banner
Advertisement Banner

२४ शुक्रबार, श्रावण २०८२16th June 2025, 6:20:04 am

सुक्खा पहिरो खस्दा मध्यपहाडी लोकमार्ग अवरुद्ध

२३ बिहिबार , श्रावण २०८२एक दिन अगाडि

सुक्खा पहिरो खस्दा मध्यपहाडी लोकमार्ग अवरुद्ध

मध्यपहाडी लोकमार्गमा सुक्खा पहिरो खस्दा सडक पूर्ण रुपमा अवरुद्ध भएको छ । आज बिहान लमजुङको मध्यनेपाल नगरपालिका–१०, स्थित बिमिरे भञ्ज्याङमा सुक्खा पहिरो खस्दा सडक पूर्ण रुपमा अवरुद्ध भएको हो ।

बिहान सुक्खा पहिरो खस्दा सडक पूर्ण रुपमा अवरुद्ध भएको र अहिले पनि पहिरो खस्ने क्रम नरोकिएकाले तत्कालै पहिरो हटाउन नसकिने प्रहरीले जनाएको छ । पहिरोले सडक अवरुद्ध भएसँगै सवारीसाधनहरू पोखरादेखि बेँसीसहर आवतजावतका लागि वैकल्पिक बाटो काउरे, बाङ्ग्रे र थान्सिङ डाँडाको चौतारा हुँदै सञ्चालन हुन थालेको बताइएको छ ।

बिमिरे भञ्ज्याङमा खसेको सुक्खा पहिरो तत्कालै हटाउन नसकिने अवस्थाको रहेको इलाका प्रहरी कार्यालय भोर्लेटारका प्रहरी निरीक्षक यमनारायण अर्यालले जानकारी दिएका छन् ।