Advertisement Banner
Advertisement Banner

०४ सोमबार, फाल्गुण २०८२10th February 2026, 12:33:31 am

बी.पी. कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठानकाे मोबाइल एप सार्वजनिक

२३ बिहिबार , श्रावण २०८२६ महिना अगाडि

बी.पी. कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठानकाे मोबाइल एप सार्वजनिक

बी.पी. कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठानले नयाँ अस्पताल मोबाइल एप सार्वजनिक गरेको छ । अस्पतालले मिदास हेल्थ सर्भिसेजसँगको सहकार्यमा नयाँ अस्पताल मोबाइल एप सार्वजनिक गरेको हाे ।

अस्पतालले सार्वजनिक गरेकाे एपमार्फत बिरामीहरूले मोबाइल फोन प्रयोग गरी ओपीडी टिकट बुकिङ, टाढैबाट अपोइन्टमेन्ट निर्धारण र प्रयोगशाला रिपोर्ट डिजिटल रूपमा प्राप्त गर्न सक्ने बताइएकाे छ । एपको मुख्य विशेषता नेपाल सरकारको स्वास्थ्य बीमा बोर्डको प्रणालीसँगको सहज समन्वय समेत हाे ।

एप मार्फत बीमितले आफ्नो बीमा स्थिति वास्तविक समयमा प्रमाणीकरण गर्न सक्ने, बीमा सुविधा अन्तर्गत स्वतः ओपीडी टिकट बुक गर्न सक्ने र प्राप्त बीमा अनुसार निःशुल्क सेवा उपभोग गर्न सक्ने जनाइएको छ । प्रतिष्ठानले गुणस्तरीय स्वास्थ्य सेवा पहुँचयोग्य, सरल र प्रविधिमैत्री बनाउन तथा बिरामीलाई टिकट लिन वा रिपोर्ट खोज्न अस्पताल धाउनु नपर्ने व्यवस्था गर्न याे सुविधा ल्याएकाे हाे ।

२०४९ माघ ५ गते स्थापना भएर २०५५ कात्तिक ११ गतेदेखि स्वायत्त स्वास्थ्य विज्ञान विश्वविद्यालयको रूपमा सञ्चालनमा आएको प्रतिष्ठानले पूर्वी नेपालमा टिचिङ डिष्ट्रिक्ट मोडलमार्फत विभिन्न प्राथमिक स्वास्थ्य केन्द्र, जिल्ला तथा अञ्चल अस्पतालमार्फत सेवा विस्तार गर्दै आएको छ । 

अब उक्त एपको सुरुवातसँगै डिजिटल स्वास्थ्य सेवा प्रवर्द्धनमा समेत प्रतिष्ठानको प्रतिबद्धतालाई झनै बलियो बनाएको छ ।