Advertisement Banner
Advertisement Banner

२४ शुक्रबार, श्रावण २०८२16th June 2025, 6:20:04 am

तीन प्रदेशमा भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह

२३ बिहिबार , श्रावण २०८२एक दिन अगाडि

तीन प्रदेशमा भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह

आज कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भूभागका केही स्थानमा भारी वर्षाको सम्भावना रहेको छ । मौसम पूर्वानुमान महाशाखाले कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भूभागका उक्त क्षेत्रमा आवश्यक सतर्कता अपनाउन आग्रह गरेकाे हाे ।  

अहिले देशभर मनसुन सक्रिय रहेकाे र मनसुनको न्यून चापीय रेखा नेपालको तराई भूभागमा रहँदा देशभर मनसुनी प्रभाव कायम रहेकाे महाशाखाले जनाएकाे छ । यता जलवाष्पयुक्त हावाको प्रभाव तुलनात्मक रूपमा केही कमजोर हुँदा देशव्यापी रूपमा ठूलो वर्षा भने नरहेकाे पनि महाशाखाकाे भनाइ रहेकाे छ ।

अहिले बागमती प्रदेशका पहाडी भूभागका थोरै स्थान तथा कोशी, मधेश, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका एक–दुई स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ भने दिउँसो कोशी र लुम्बिनी प्रदेशसहित देशका अधिकांश पहाडी भूभागमा मौसम सामान्यतया बदली रहनुका साथै केही स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेकाे बताइएकाे छ ।

त्यसैगरि आज राति देशभर बदली रही कोशी, मधेश र लुम्बिनी प्रदेशका केही स्थानमा वर्षा हुनेछ भने । कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भूभागका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेकाले भारी वर्षाका कारण हुन सक्ने सम्भावित जोखिमबाट बच्न र आवश्यक सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ ।