Advertisement Banner
Advertisement Banner

०६ बुधबार, श्रावण २०८३21st July 2026, 3:28:44 pm

शिक्षा विधेयककाे छलफल गर्न समितिको बैठक बस्दै

२३ बिहिबार , श्रावण २०८२एक बर्ष अगाडि

शिक्षा विधेयककाे छलफल गर्न समितिको बैठक बस्दै

विद्यालय शिक्षा विधेयकमा छलफल गर्न शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठक बोलाइएको छ । बहुचर्चित विद्यालय शिक्षा विधेयक सम्बन्धि उपसमितिको प्रतिवेदनमाथि छलफल गर्नका लागि बैठक बाेलाइएकाे हाे ।

बैठक आज दिउसो २ बजे बस्ने बताइएको छ भने यस अघि पटक पटक बसेको बैठक अनिर्णित हुदा समिति निष्कर्षमा पुग्न सकेको थिएन । गत असार २२ गते नै समितिबाट विधेयक पारित गर्ने तयारी गरिएको भएपनि शिक्षामन्त्री रघुजी पन्तले विद्यालय शिक्षा विधेयकमा केही विषयमा सहमति हुन बाँकी रहेकाले बैठक स्थगित गर्न आग्रह गरेपछि समितिको बैठक कुनै निर्णय नगरी स्थगित गरिएको थियो ।

यसअघि सरकारले आन्दोलनरत शिक्षकहरुसँग असार १५ गतेसम्म विधेयक पारित गर्ने सहमति गरेको भएपनि ताेकिएकाे समयमा विधेयक टुंगोमा पुग्न नसकेकाले त्यसलाइ निष्कर्षमा पुर्‍याउन समितिकाे बैठक बस्न लागेकाे हाे ।