Advertisement Banner
Advertisement Banner

०४ सोमबार, फाल्गुण २०८२10th February 2026, 12:33:31 am

राप्ती नदीमा पानीको चेतावनी तह पार, सतर्क रहन आग्रह

२१ मंगलबार , श्रावण २०८२६ महिना अगाडि

राप्ती नदीमा पानीको चेतावनी तह पार, सतर्क रहन आग्रह

अविरल वर्षाका कारण राप्ती नदीमा पानीले चेतावनी तह पार गरेपछि साइरन बजाएर तटीय क्षेत्रका गाउँबस्तीलाई सतर्क रहन आग्रह गरिएको छ । जिल्ला विपद् व्यवस्थापन समितिका अनुसार राप्तीसोनारी, नरैनापुर र डुडुवा गाउँपालिकाले जिल्लाका तटीय क्षेत्रका गाउँ बस्तीलाई सतर्क रहन आग्रह गरिएको हो ।

जिल्लास्थित पश्चिम राप्ती नदी राप्ती सोनारी जलमापन केन्द्रको जलसतहले चेतावनी तह पार गरेकाले तटीय क्षेत्र र डुबान भइरहने क्षेत्रका बासिन्दालाई दिउँसोसम्म सतर्क रहन आग्रह गरिएको हो । अहिले त्यहाँ राप्ती नदीको चेतावनी तह ४ मिटर ७० सेन्टिमिटर पार गरेर ४ मिटर ८६ सेन्टिमिटर पुगेको बताइएको छ ।

जोखिम हुनसक्ने सबै ठाउँमा स्थानीयलाई ‘अलर्ट’ गरेर स्थानीय विपद् व्यवस्थापन समितिलाई समेत तयारी अवस्थामा रहन निर्देशन दिइएको जिल्ला विपद् व्यवस्थापन समितिका सूचना व्यवस्थापन अधिकृत रुपन ज्ञवालीले जनाएका छन् । ज्ञवालीले पानीको सतह बढेपछि नदीको वरिपरिका सबै गाउँबस्तीमा सतर्क रहने सूचना पठाइएको समेत जानकारी गराएका छन् ।

त्यसैगरी बाँकेका प्रमुख जिल्ला अधिकारी धर्मराज जोशीले राप्ती नदीमा खतराको तह पार नगरे पनि आसपासका क्षेत्रमा सतर्क रहन आग्रह गरिएको बताउदै राप्ती नदी आसपासमा क्षति हुन नदिन सुरक्षा निकायका टोली पचिालन भएको पनि जानकारी दिएका छन् ।