Advertisement Banner
Advertisement Banner

०४ सोमबार, फाल्गुण २०८२10th February 2026, 12:33:31 am

पाँचथरमा दाजु बहिनी खोला किनारमा मृत फेला

२१ मंगलबार , श्रावण २०८२६ महिना अगाडि

पाँचथरमा दाजु बहिनी खोला किनारमा मृत फेला

पाँचथरमा हराइरहेका दाजु बहिनी खोला किनारमा मृत फेला परेका छन् । पाँचथरको याङवरक गाउँपालिका–१, विरुवामा छ दिन देखि हराइरहेका दाजु बहिनी खोला किनारमा मृत फेला परेका हुन् ।

छ दिन अघि शुक्रवार विद्यालय हिडेदेखि हराइरहेका उनीहरु विरुवा खोला किनारमा मृत फेला परेका हुन् । विरुवा खोला किनारमा मृत अवस्थामा उनीहरुको शव भेटिएको जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रमुख डिएसपी कौशल बुढाथोकिले जनाएका छन् ।

हराएपछि खोजी कार्य जारी रहेकोमा १० बर्षीय शिशिर राई र उनको बैनी ५ बर्षीय नानुमा राइको शव फेला परेको हो । बैनीको केहि तल र दाजुको केहि माथि खोला किनारमा शव भेटिएको बताइएको छ ।

पूर्ण आधारभूत विद्यालयमा कक्षा–४ र कक्षा-१ मा अध्ययानरत उनीहरुको शव पोस्टमार्टमका लागि फिदिम ल्याइँदैछ ।