Advertisement Banner
Advertisement Banner

०६ बुधबार, श्रावण २०८३21st July 2026, 3:28:44 pm

कक्षा १२ को मौका परिक्षा भदौ २८ र २९ गते

२१ मंगलबार , श्रावण २०८२एक बर्ष अगाडि

कक्षा १२ को मौका परिक्षा भदौ २८ र २९ गते

कक्षा १२ को हिँजाे प्रकाशित नतिजामा बढीमा दुई विषयमा एनजी (नन ग्रेडेड)प्राप्त गरेका विद्यार्थीले  भदौ २८ र २९ गते माैका परिक्षा दिन पाउने भएका छन् । राष्ट्रिय परीक्षा बोर्डले बढीमा दुई विषयमा एनजी (नन ग्रेडेड)प्राप्त गरेका विद्यार्थीका लागि  भदौ २८ र २९ गते माैका परिक्षाकाे तालिका सार्वजनिक गरेको हाे ।

बोर्ड, परीक्षा नियन्त्रण कार्यालय सानोठिमी, भक्तपुरले आज एका सूचना जारी गर्दै परीक्षा भदौ २८ र २९ गते सञ्चालन गरिने जानकारी दिएको हो । बाेर्डकाअनुसार परीक्षा बिहान ११ : ०० बजेदेखि दिउँसो २ : ०० बजेसम्म सञ्चालन हुने बताइएकाे छ ।

बाेर्डले सैद्धान्तिकतर्फ एनजी (नन ग्रेडेड)प्राप्त गरेका, बढीमा दुई विषयमा अनुपस्थित भएका वा सैद्दान्तिकतर्फ अरु विषयमा डी वा सोभन्दा बढी विषयमा डी ग्रेड ल्याएर कुनै एक विषयमा एनजी वा अनुपस्थित रहने विद्यार्थीले परीक्षा दिन पाउने बताएकाे छ । त्यस्तै परीक्षाफल चित्त नबुझेका विद्यार्थीले पुनर्योगको लागि साउन २९ गतेसम्म आवेदन दिन सक्ने जनाइएको छ ।

गत वैशाख २१ गतेदेखि जेठ २ गतेसम्म सञ्चालन भएकाे कक्षा १२ को नियमित तथा आंशिक परीक्षाको नतिजा हिँजाे सार्वजनिक भएकाे र नतिजाअनुसार नियमिततर्फ ५२.९१ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका थिए ।