Advertisement Banner
Advertisement Banner

०४ सोमबार, फाल्गुण २०८२10th February 2026, 12:33:31 am

पहिरोका कारण सिद्धार्थ राजमार्ग अवरुद्ध

२१ मंगलबार , श्रावण २०८२६ महिना अगाडि

पहिरोका कारण सिद्धार्थ राजमार्ग अवरुद्ध

निरन्तर वर्षाकाे कारण सिद्धार्थ राजमार्गमा पहिराे जाँदा सडक अवरुद्ध भएकाे छ । सिद्धार्थ राजमार्ग अन्तर्गत पाल्पा बुटवल सडकखण्ड गएरातिदेखि अवरुद्ध भएकाे हाे ।

तिनाउ गाउँपालिका-३, सिद्धबाबा मन्दिर नजिकै गएराति ११ बजेदेखि नै ठूलो पहिरो खसेर राजमार्ग अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएकाे छ । कार्यालयका अनुसार ठूलाे ढुंगासहित पहिरो खसेको र अहिले पनि पानी परिरहेकाले राजमार्ग खुलाउन कठिन भइरहेको बताइएकाे छ ।

अहिले पहिरो पन्छाएर राजमार्ग खुलाउने प्रयास भइरहेको भएपनि कति वेला खुल्छ भन्नेमा अझै अन्योल रहेकाे बताइएकाे छ । सडक अवरुद्ध भएपछि यात्रु बिच बाटोमै अलपत्र परेका छन् ।