Advertisement Banner
Advertisement Banner

०६ बुधबार, श्रावण २०८३21st July 2026, 3:28:44 pm

चलचित्र विकास बोर्डका नवनियुक्त सदस्य गणेश सुवेदीलाई आइएनएनएफद्वारा सम्मान

२० सोमबार , श्रावण २०८२एक बर्ष अगाडि

चलचित्र विकास बोर्डका नवनियुक्त सदस्य गणेश सुवेदीलाई आइएनएनएफद्वारा सम्मान

नेपाल सरकारद्वारा चलचित्र विकास बोर्डको सदस्य पदमा नियुक्ति पाएका चलचित्रकर्मी गणेश सुवेदीलाई इन्टरनेशनल नेटवर्क अफ नेपाली फिल्ममेकर्स (आइएनएनएफ) ले बधाई तथा शुभकामना प्रदान गरेको छ। राजधानीमा आयोजित विशेष कार्यक्रममा सुवेदीलाई सम्मान गरिएको हो।

विगत २५ वर्षदेखि नेपाली चलचित्र क्षेत्रमा सक्रिय सुवेदीलाई गत शुक्रबार सूचना, संचार तथा प्रविधि मन्त्रालयले बोर्ड सदस्यमा नियुक्त गरेको थियो। सम्मान कार्यक्रममा आइएनएनएफका तर्फबाट सुवेदीले नेपाली चलचित्रलाई थप सशक्त र विकसित बनाउन महत्वपूर्ण भूमिका निर्वाह गर्ने विश्वास व्यक्त गरियो।

आइएनएनएफका अध्यक्ष लव प्याकुरेलले अहिलेको नेपाली सिनेमाको औचित्यमाथि प्रश्न उठिरहेको सन्दर्भमा सुवेदीको नियुक्तिले उद्योगलाई नयाँ ऊर्जा दिने टिप्पणी गर्नुभयो ।

नवनियुक्त सदस्य सुवेदीले व्यवस्थापिकाबाट ऐन निर्माण हुँदै गर्दा आमचलचित्रकर्मीलाई अटाउने स्पष्ट परिभाषा आवश्यक रहेको भन्दै यसको लागि चलचित्र विकास बोर्डले थप तदारुकता देखाउने बताउनुभयो।

कार्यक्रममा संस्थाका वरिष्ठ उपाध्यक्ष मानबहादुर थापा, लेखक भीष्म राज फुलारा, निर्माता मधु अधिकारी, प्राविधिक अच्युत बजगाईं, संगीतकार राजेन्द्र बजगाईंलगायत चलचित्रकर्मीहरूको उपस्थिति रहेको थियो।