Advertisement Banner
Advertisement Banner

०४ सोमबार, फाल्गुण २०८२10th February 2026, 12:33:31 am

चाडपर्व लक्षित सुपथ मूल्य पसल भदौ अन्तिम सातादेखि सुरु हुने

२० सोमबार , श्रावण २०८२६ महिना अगाडि

चाडपर्व लक्षित सुपथ मूल्य पसल भदौ अन्तिम सातादेखि सुरु हुने

चाडपर्वलाई लक्षित गरि हरेक वर्ष सरकारले सञ्चालन गर्ने सुपथ मूल्य पसल यसपटक भदौ अन्तिम सातादेखि सुरु हुने भएकाे छ । सरकारले दशैं, तिहार र छठ पर्वको अवसरमा हरेक वर्ष सुपथ मूल्य पसल सन्चालन गर्दै आएकोमा यस वर्ष पनि सुपथ मूल्य पसल सञ्चलनकाे तयारी थालेकाे हाे ।

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका अनुसार यसवर्ष दशैंको घटस्थापनाभन्दा १५ दिन अघिदेखि सुपथ मूल्य पसल सन्चालन गर्ने गरी तयारी थालिएको बताइएकाे छ । यस वर्षको दशैंको घटस्थापना असोज ६ गते परेको छ भने टीका असोज १६ गते परेकाे छ । जनअनुसार सुपथ मूल्य पसल भदौ अन्तिम सातादेखि सुरु हुनेछ ।

सुपथ मूल्य पसलमा विगतमा जस्तै खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड र साल्ट ट्रेडिङ कम्पनीले विभिन्न खाद्य सामग्रीहरुमा उपभोक्तालाई छुट दिने तयारी गरिएकाे भएपनि कुन सामग्रीमा कति रुपैयाँ छुट दिने र सुपथ मूल्य पसल कहाँ–कहाँ राख्ने भन्ने निश्चित भइसकेको छैन ।

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको उपभोक्ता संरक्षण महाशाखाले यस वर्ष उपभोक्ताले सहुलियत पाउने गरी सुपथ पसल सन्चालन गर्ने तयारीमा जुटिसकेका र छुट मूल्यको विषयमा कम्पनीबाट प्रस्ताव आएपछि छलफल गरेर निर्णयमा पुग्ने बताइएकाे छ । मन्त्रालयका अनुसार यस वर्ष पनि अनलाइनमार्फत् अर्डर गर्न मिल्ने र उपभोक्ताको घरसम्मै पुर्‍याइदिने व्यवस्था मिलाउने तयारी समेत रहेकाे छ ।

त्यसैगरि सरकारले सुपथ मूल्य पसलबाट नुन, तेल, चामल, दाल, चिनी, चियापत्ती, पिठो, घ्युदेखि खसीबोका र च्याङ्ग्रासम्म बिक्री वितरण गर्दै आएकाे छ ।