Advertisement Banner
Advertisement Banner

०४ सोमबार, फाल्गुण २०८२10th February 2026, 12:33:31 am

अछाममा बाघको आक्रमणबाट धर्म सिंह गम्भीर घाइते

१९ आइतबार , श्रावण २०८२६ महिना अगाडि

अछाममा बाघको आक्रमणबाट धर्म सिंह गम्भीर घाइते

बाघको आक्रमणबाट अछाममा धर्म सिंह गम्भीर घाइते भएका छन् । अछामको ढकारी गाउँपालिका–४, घर भई कैलालीको मोहन्याल गाउँपालिका–१, बस्ने ४९ वर्षीय धर्म सिंह थापा गम्भीर घाइते भएका हुन् ।

हिँजो शनिबार दिउँसो थापालाई बाघले आक्रमण गर्दा गम्भीर घाइते भएका हुन् । थापा ससुराली दाउन्मोराबाट आफ्नो घर भिरमुड फर्किँदै गर्दा बसन्त सामुदायिक वनअन्तर्गतको बुकखोला डाँडामा बाघले आक्रमण गरेको जिल्ला प्रहरी कार्यालय अछामले जनाएको छ ।

आक्रमणका क्रममा थापाको दुवै गाला, टाउको र बायाँ हातको पाखुरामा गहिरो चोट लागेको बताइएको छ । आक्रमणमा घाइते भएका थापालाई जिल्ला अस्पताल मंगलसेन पुर्‍याइएको बताइएको छ ।