Advertisement Banner
Advertisement Banner

०४ सोमबार, फाल्गुण २०८२10th February 2026, 12:33:31 am

Image

नेपाल-चीन सम्बन्ध स्थापनाको ७०औं वार्षिकोत्सवको हार्दिक बधाई

प्रेमसागर पौडेल

१८ शनिबार , श्रावण २०८२६ महिना अगाडि

नेपाल-चीन सम्बन्ध स्थापनाको ७०औं वार्षिकोत्सवको हार्दिक बधाई

सम्माननीय राष्ट्रपति सी चिन फिङ, चिनियाँ कम्यूनिष्ट पार्टी, चीन सरकार र चीनका महान जनतालाई मेरो र नेपाली जनताको तर्फबाट नेपाल-चीन दौत्य तथा मैत्री सम्बन्ध स्थापनाको ७०औं वार्षिकोत्सवको अवसरमा हार्दिक बधाई र शुभकामना व्यक्त गर्दछौं। सन १९५५ अगस्ट १ का दिन स्थापित यो ऐतिहासिक द्विपक्षीय सम्बन्धले हाम्रो दुई देशबीचको अटूट सहयोग, आपसी सम्मान र साझा विकासको अविस्मरणीय यात्रालाई चिन्हित गर्दछ। हिमालयले जोडिएका यी दुई देशले सद्भाव, विश्वास र परस्पर लाभको आधारमा अभूतपूर्व उपलब्धिहरू प्राप्त गरेका छौं।  
नेपालले सदैव एक चीन नीति कायम राख्दै तिब्बतसहित चीनको संप्रभुता र क्षेत्रीय अखण्डतालाई दृढतापूर्वक समर्थन गर्दछ। हामी चीनको ूबृहत बेल्ट एन्ड रोड पहलू अन्तर्गत सहकार्यमा गहिरो कृतज्ञता व्यक्त गर्दछौं र आर्थिक करिडोर, उर्जा, पर्यटन र मानव विकासका क्षेत्रमा चीनको निरन्तर समर्थनलाई महत्वपूर्ण मान्दछौं।  
यस ऐतिहासिक मोडमा, हामी विश्वास गर्छौं कि ताइवान मातृभूमिमा समाहित हुनेछ,बिआरआई नेपालमा सफलता साथ अगाडि बढ्नेछ, नेपाल(चीनको ऐतिहासिक मैत्री सम्बन्ध भविष्यमा अझ गहिरो हुनेछ, जसले एशियाको शान्ति, समृद्धि र जुटाएको विकासमा ठूलो योगदान दिनेछ।