Advertisement Banner
Advertisement Banner

१९ आइतबार, श्रावण २०८२16th June 2025, 6:20:04 am

जडीबुटीबाट २० लाख बढि राजस्व संकलन

१७ शुक्रबार , श्रावण २०८२२ दिन अगाडि

जडीबुटीबाट २० लाख बढि राजस्व संकलन

गाेरखामा जडीबुटीबाट २० लाख बढि राजस्व संकलन भएकाे छ । जडीबुटीबाट गत आर्थिक वर्षमा २० लाख १६ हजार ४ सय ४ रुपैयाँ राजस्व संकलन भएको हाे ।

गोरखाकाे विभिन्न गाउँपालिकामा संकलन तथा निकासी भएका ४६ हजार ९७४ केजी जडीबुटीबाट डिभिजन वन कार्यालय र मनास्लु संरक्षण क्षेत्र आयोजनाले उक्त राजस्व रकम संकलन गरेका हुन् । जसमा मनास्लु क्षेत्रभित्र मात्र ११ हजार ३ सय ९२ केजी जडीबुटीबाट १२ लाख ७० हजार ४ सय १९ रुपैयाँ राजस्व संकलन भएको आयोजना कार्यालयले जनाएको छ । गत आवमा ३४.१९ केजी यार्सागुम्बाबाट १० लाख ८९ हजार ८ सय ९० रुपैयाँ राजस्व संकलन भएको कार्यालयका प्रमुख सन्तोष शेरचनले बताए ।

त्यसैगरि मनास्लु क्षेत्रमा बुकीफूल, पदमचाल, रातोच्याउ, निर्मसी, टुकीफूल, टिमुर, धुपी, सुनपाती, सेतक्चिनी, गुलाफ, जिम्बु, चिराइतोलगायत जडीबुटीबाट राजस्व संकलन गरिएको थियाे ।मनासलु क्षेत्रबाहेकका अन्य वनक्षेत्रबाट संकलित ३५ हजार ५ सय ८२ केजी जडीबुटीबाट डिभिजन वन कार्यालयले ७ लाख ४५ हजार ९ सय ८५ रुपैयाँ राजस्व संकलन गरेको जनाएको छ ।