Advertisement Banner
Advertisement Banner

१९ आइतबार, श्रावण २०८२16th June 2025, 6:20:04 am

राष्ट्रिय कोदो दिवस मनाइँदै

१७ शुक्रबार , श्रावण २०८२२ दिन अगाडि

राष्ट्रिय कोदो दिवस मनाइँदै

आज नेपालमा पहिलाे पटक राष्ट्रिय काेदाे दिवस मनाउन लागिएकाे छ । सरकारले कोदोजन्य बालीहरूको आयात रोक्न, उत्पादन तथा उत्पादकत्व बढाउने उद्देश्यले पहिलोपटक राष्ट्रिय कोदो दिवस मनाउन लागेकाे हाे ।    

सरकारले साउन १६ गतेलाई कोदो उत्पादन र उत्पादकत्वमा वृद्धि गराउने लक्ष्य सहित याे दिवास मनाउन लागेकाे बताइएकाे छ । यो दिवसले रैथाने बालीकाे रूपमा खेति गरिने काेदाेकाे उत्पादनलाई बढाउन सके साना किसानहरूको जीवनस्तर सुधार गर्ने र खाद्य सुरक्षा सुनिश्चित गर्न महत्त्वपूर्ण भूमिका खेल्ने सक्ने विश्वास गरिएको छ ।

नेपालमा पहिला राम्राे उत्पादन हुने काेदाे खेति बिस्तारै कम हुँदै गएकाे छ भने अहिले धेरै मात्रामा काेदाेकाे आयात हुने गरेकाे छ । आर्थिक वर्ष २०८१/०८२ मा ७६ करोड ६३ लाख रुपैयाँ बराबरको १८ हजार ३१६ मेट्रिक टन कोदो आयात गरिएको थियो भने सरकारले कोदो आयातमा रोक लगाउने निर्णय गरेको छ ।

सरकारले जैविक विविधता जोगाउने र जलवायु परिवर्तनको प्रभाव न्यून गर्दै साना किसानको आय तथा उत्पादनमा वृद्धि गर्ने लक्ष्य राखेर काेदाे आयातमा रोक लगाउने निर्णय गरेपनि त्यसकाे व्यवस्थापनमा साेचे जस्ताे उपलव्धी हासिल गर्न सकेकाे देखिदैन् ।

कोदो दिवसको अवसरमा देशका विभिन्न स्थानमा कोदो रोपाइँ कार्यक्रम समेत आयोजना गरिएकाे छ भने यस दिवसले किसान मात्र नभई सम्पूर्ण देशको खाद्य प्रणाली सुदृढ गर्नमा समते योगदान पुग्ने विश्वास गरिएको छ ।