
नेपाल आयल निगमले गएराति १२ बजेबाट लागू हुने गरि पेट्रोलको मूल्य घटाएकाे छ भने डिजेल,मट्टितेल र हवाई इन्धनको मूल्य बढाएकाे छ । इन्डियन आयल कर्पोरेशनबाट प्राप्त नयाँ मूल्य सूची अनुसार पेट्रोलको मूल्य घटाएर डिजेल,मट्टितेल र हवाई इन्धनको मूल्य बढाएकाे हाे ।
नयाँ मूल्य अनुसार पेट्रोलको मूल्य एक रुपैयाँ घटाइएको छ भने,डिजेल र मट्टितेलको मूल्यमा प्रति लिटर तीन रुपैया बढेकाे छ । त्यसैगरि अन्तर्राष्ट्रिय मार्गका लागि काठमाडौंमा हवाई इन्धनको मूल्य प्रति किलो लिटर २१ अमेरिकी डलर बढेको छ भने पोखरा र भैरहवाका लागि ‘ब्रेक डाउन पोइन्ट’मा बिक्री मूल्य कायम राखिएको बताइएकाे छ ।
निगमले एलपी ग्यासको खुद्रा मूल्य भने यथावत राखेकाे छ ।