Advertisement Banner
Advertisement Banner

१९ आइतबार, श्रावण २०८२16th June 2025, 6:20:04 am

श्रीलंकामा छात्रवृत्तिमा पढ्न इच्छुक विद्यार्थीसँग आवेदन माग

१६ बिहिबार , श्रावण २०८२३ दिन अगाडि

श्रीलंकामा छात्रवृत्तिमा पढ्न इच्छुक विद्यार्थीसँग आवेदन माग

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले श्रीलंकामा छात्रवृत्तिमा पढ्न इच्छुक नेपाली विद्यार्थीसँग आवेदन माग गरेको छ । मन्त्रालयले नेपाली विद्यार्थीले श्रीलंकामा छात्रवृत्तिको अवसर पाउने भएकाले छात्रवृत्तिमा पढ्न इच्छुक विद्यार्थीसँग आवेदन माग गरेको हो ।

श्रीलंका प्रविधि संस्थानले सन् २०२५ मा कम्प्युटर, इन्जिनियरिङ, मानविकी र विज्ञानजस्ता संकायमा सार्क सदस्य राष्ट्रका योग्य विद्यार्थीलाई छात्रवृत्ति दिने तयारी गरेको मन्त्रालयले जनाएको छ ।उक्त छात्रवृत्तिका लागि अगष्ट २० तारिखसम्म दरखास्त दिनुपर्ने बताइएको छ ।

मन्त्रालयले भनेको छ,‘परराष्ट्र मन्त्रालयको मिति २०८२–०४–१४ गतेको पत्रानुसार श्रीलंकाको श्रीलंका प्रविधि संस्थानमा २०२५ का लागि कम्प्युटर, इन्जिनियरिङ, मानविकी र विज्ञानजस्ता संकायमा सार्कका सदस्य राष्ट्रहरुलाई योग्यताका आधारमा छात्रवृत्ति प्रदान हुने र त्यसका लागि २० अगष्ट २०२५ भित्र दरखास्त दिनुपर्ने जानकारी गराइन्छ ।’