
पहिरोका कारण कालीगण्डकी सडक अवरुद्ध भएको छ । कालीगण्डकी गाउँपालिकाको गरगरे र मुल्कमा ठूलो चट्टानसहितको पहिरो खसेपछि सडक अवरुद्ध भएको हो ।
अहिले कालीगण्डकी सडक पूर्ण रुपमा अवरुद्ध भएको छ भने सडक अवरुद्ध भएको जानकारी पाउन साथ प्रहरी चौकी पुर्तीघाटबाट सुरक्षाकर्मी परिचालन गरिएका जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी गङ्गाबहादुर सारूले जानकारी दिएका छन् ।
उक्त स्थानमा ठूलो चट्टानसहितको खसेको पहिरो पन्छाउने प्रयास भइरहेको प्रहरीले जनाएको छ ।