Advertisement Banner
Advertisement Banner

१९ आइतबार, श्रावण २०८२16th June 2025, 6:20:04 am

आमरण अनशनमा बसेका मेयर अस्पताल भर्ना

१६ बिहिबार , श्रावण २०८२३ दिन अगाडि

आमरण अनशनमा बसेका मेयर अस्पताल भर्ना

खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका मेयर तीर्थराज भट्टराई अस्पताल भर्ना भएका छन् । तीन दिनसम्म भोकहड्तालमा बसेका मेयर भट्टराई सात बुँदे माग राखी माग पूरा नभएपछि अनिश्चितकालीन आमरण अनशन बसेका थिए ।

आमरण अनशनमा बसेका भट्टराई चिकित्सकको सल्लाह अनुसार वीर अस्पताल भर्ना भएको भट्टराईको सचिवालयले जनाएको छ । उनले आफ्नो माग सम्बोधन नभएको भन्दै साउन १४ गते बुधबार बिहान ९ बजेबाट माइतीघर मण्डलामा आमरण अनशन सुरु गरेका हुन् ।

भट्टराईको माग सम्बोधन नभएकाले अनशनलाई निरन्तता दिइरहेका बेला स्वास्थ्यमा समस्या आएकाले चिकित्सकको सल्लाह अनुसार प्रमुख भट्टराई अस्पताल भर्ना भएका हुन् भने उनले अस्पतालमै अनशनलाई निरन्तरता दिइरहेका छन् ।

यसअघि माइतीघर मण्डलामा आमरण अनशनमा रहेका मेयर भट्टराईलाई हिँजो साँझ नेपाल प्रहरीले त्यहाँबाट उठाउन खोजेपछी प्रहरी र मेयर भट्टराईको समर्थकहरुबिच भनाभनसमेत भएको थियो ।