Advertisement Banner
Advertisement Banner

१९ आइतबार, श्रावण २०८२16th June 2025, 6:20:04 am

राजधानीलगायत केही प्रदेशमा भारी वर्षा

१६ बिहिबार , श्रावण २०८२३ दिन अगाडि

राजधानीलगायत केही प्रदेशमा भारी वर्षा

मनसुनको न्यून चापीय रेखा सरदर स्थानमा नै रहेकाले मनसुनी गतिविधि सक्रिय हुँदा राजधानीलगायत केहि प्रदेशमा भारी वर्षाकाे सम्भावना रहेकाे छ । मनसुनी वायु सक्रिय हुँदा विभिन्न स्थानमा वर्षा भइरहेको छ भने केही प्रदेशमा भारी वर्षाको सम्भावना रहेको हाे ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार अहिले मनसुनी गतिविधि देशभर नै सक्रिय देखिएको छ । अहिले बागमती प्रदेशलगायत देशका अधिकांश पहाडी भूभागमा मौसम सामान्यतया बदली रहेको छ भने तराईमा समेत आंशिक बदली भएकाे बताइएकाे छ भने बागमती, गण्डकी र मधेस प्रदेशका केही स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ ।

दिउँसो लुम्बिनी र सुदूरपश्चिम प्रदेशसहित देशको पहाडी भूभागमा मौसम सामान्यतया बदली रहनुका साथै सुदूरपश्चिम प्रदेशलगायत देशका पहाडी भूभागका केही स्थानमा र लुम्बिनी प्रदेशका तराईका थोरै स्थानमा मेघ गर्जन र चट्याङसहित मध्यम वर्षाको सम्भावना रहेकाे महाशाखाले जनाएकाे छ ।

त्यसैगरि आज राति कोशी, मधेस र सुदूरपश्चिम प्रदेशलगायत पहाडी भूभागमा मौसम सामान्यतया बदली हुनुका साथै तराईमा आंशिक बदली र केही स्थानमा मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

महाशाखाका अनुसार आज दिउँसो बागमती र गण्डकी प्रदेशका पहाडी भूभागका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना रहेकाले सतर्कता अपनाउन आग्रह गरिएको छ । त्यस्तै पहाडी भूभागमा पहिरो तथा गेग्रान बहावको जोखिम बढ्न सक्ने भएकाले आवश्यक सावधानी अपनाउन महाशाखाले अनुरोध गरेको छ ।