Advertisement Banner
Advertisement Banner

०६ बुधबार, श्रावण २०८३21st July 2026, 3:28:44 pm

तातो प्रस्ताव, चिसो जवाफ

१६ बिहिबार , श्रावण २०८२एक बर्ष अगाडि

तातो प्रस्ताव, चिसो जवाफ

दक्षिण कोरियाका राष्ट्रपति ली जाय मुङ सरकारले उत्तर कोरियासँग गरेको प्रस्तावलाई उत्तर कोरियाले चिसो जवाफ फर्काएको छ । उत्तर कोरियाका नेता किम जोङ उनकी बहिनी किम यो जोङले उत्तर कोरिया रूससँगको सम्बन्ध विस्तारमा व्यस्त रहेको र दक्षिण कोरियासँग वार्ताको कुनै इच्छा नभएको स्पष्ट पारेकी छिन् । दक्षिण कोरियाका राष्ट्रपति उत्तरसँग सम्बन्ध सुधार गर्ने पक्षधर हुन् । उत्तर कोरियाली नेता किम जोङ उनकी बहिनी किम यो जोङले एउटा विज्ञप्तिमा दक्षिण कोरियाली सरकारले आफ्नो सरकारलाई जेसुकै प्रस्ताव गरे पनि, अब दक्षिण कोरियासँग वार्ता गर्न इच्छुक नभएको खुलासा गरेकी हुन् । उनले निकट भविष्यमा दक्षिण कोरिया र अमेरिकासँग वार्ता गर्ने कुनै मनसाय नभएको भनेकी छिन् । यो जवाफले सम्बन्ध सुधार हुनसक्ने सम्भाबना नकारेको छ ।