Advertisement Banner
Advertisement Banner

०४ सोमबार, फाल्गुण २०८२10th February 2026, 12:33:31 am

रसुवागढी नाका दशैँअघि नै सञ्चालन हुने

१५ बुधबार , श्रावण २०८२७ महिना अगाडि

रसुवागढी नाका दशैँअघि नै सञ्चालन हुने

गत असार २४ मा ल्हेन्देखोलाकाे बाढीले बगाएकाे नेपाल–चीन सिमाको मितेरी पुलमा बेलिब्रिज जडान शुरु भएसँगै रसुवागढी नाका दशैँअघि नै सञ्चालन हुने भएकाे छ । अहिले ल्हेन्देखोलामा बेलिब्रिज जडान शुरु भएकाले दशैँअघि नै रसुवागढी नाका सञ्चालन हुने भएकाे हाे ।

त्रिदेशीय अन्तरराष्ट्रिय राजमार्गका रूपमा विस्तार भइरहेको ‘गल्छी-त्रिशूली-मैलुङ-स्याफ्रुबेसीँ-रसुवागढी सडक योजना’को अवलोकन गरेर नुवाकोटमा पत्रकारहरूसँग कुरा गर्दै भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालल रसुवागढी नाका दशैँअघि नै सञ्चालन गर्नेगरी तयारी थालिएकाे बताएका थिए ।

हाल गल्छी–रसुवागढी त्रिदेशीय राजमार्ग सञ्चालन गराई चाडपर्वका वेला नाका सञ्चालनमा ल्याउन सम्बन्धित निकायलाई परिचालन गरिएको बताउँदै मन्त्री दाहालले भने, ‘रसुवातर्फ स्याफ्रुबेसी–रसुवागढी सडकखण्ड चीन सरकारको सहयोगमा सञ्चालन गर्ने सहमति भएको छ ।’

यसअघि गत असार २४ मा ल्हेन्देखोलामा उर्लिएको बाढीले नेपाल–चीन मैत्रीको प्रतीक मितेरी पुल बगाएको थियो भने ठूलाे जनधनकाे क्षेति भएकाे थियाे । उक्त मितेरी पुल बगाउँदा त्यहाँ अलपत्र परेका १ हजार २०० जना नेपालीलाई परराष्ट्र मन्त्रालयमार्फत चीन सरकारकाे सहयाेगमा सिन्धुपाल्चाेककाे ताताेपानी नाका हुँदै स्वदेश फर्काइएकाे थियाे ।