Advertisement Banner
Advertisement Banner

०६ बुधबार, श्रावण २०८३21st July 2026, 3:28:44 pm

गृह मन्त्रालयको कर्मचारीको नाममा ठगि गर्ने पक्राउ

०९ बिहिबार , श्रावण २०८२एक बर्ष अगाडि

गृह मन्त्रालयको कर्मचारीको नाममा ठगि गर्ने पक्राउ

गृह मन्त्रालयको कर्मचारीको नाममा ठगि गर्दै हिड्ने एकजनालाई प्रहरीले पक्राउ गरेको छ । प्रहरीले सिन्धुली कमलामाई नगरपालिका–१३ घर भई काठमाडौं महानगरपलिका–३१ नयाँबानेश्वर बस्ने ४६ वर्षीय गंगा हरि न्यौपानेलाई प्रहरीले पक्राउ गरेको हो ।    

न्यौपानेले गृह मन्त्रालयको कर्मचारी हुँ भन्दै झुठा परिचय दिई पीडितहरूलाई गृह मन्त्रालयमा करारमा जागिर लगाई दिने विश्वास दिएर नागरिकताको फोटोकपी लगायका कागजातहरु माग गरी फर्जी कर्मचारी फारम भराई रकम समेत लिई ठगी गरेको भन्ने उजुरीको आधारमा पक्राउ गरिएको हो ।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले जिल्ला प्रहरी कार्यालय सिन्धुलीको समन्वयमा उनलाई सिन्धुली भिमान चोकबाट पक्राउ गरेको बताइएको छ । पक्राउ पछी उनलाई आवश्यक अनुसन्धान तथा कारवाहीको लागि जिल्ला प्रहरी परिसर काठमाडौं पठाइएको प्रहरीले जनाएको छ ।