Advertisement Banner
Advertisement Banner

१६ शुक्रबार, कार्तिक २०८१23rd July 2024, 10:09:55 am

ग्रेटर नेपालको नक्सा चीन पुग्यो

१३ सोमबार , असार २०७३८ बर्ष अगाडि

ग्रेटर नेपाल राष्ट्रवादी मोर्चाका अभियन्ता फणिन्द्र नेपालले चीन पुगेर नेपाली भूमि भारतले कसरी कब्जा गरेको छ भन्ने यथार्थ नक्सासहित वि्रफिङ गरेका छन्। यो पहिलो अवसर हो, चीनलाई ग्रेटर नेपालको यथार्थ बुझाइएको। अहिलेसम्म सरकारले, कुनै राजनीतिक दल वा नेताले नगरेको राष्ट्रवादी काम फणिन्द्र नेपालले गरेका छन्।
विगत लोमा समयदेखि ग्रेटर नेपालको आवाज उठाउादै आएका फणिन्द्र नेपाल अन्तत चीनको उच्च नेतृत्व तहसम्म पुगेर उनीहरु समक्ष आफ्नो विचार राख्न सफल भएका छन्। मित्र राष्ट्र चीनको सेनझेन रिजनल इकोनोमिक को–अपरेसन एन्ड प्रमोसन एसोसिएसनको निमन्त्रणामा करिब दुई साता लामो भ्रमण पछि काठमाडौं फर्किएका ग्रेटर नेपाल राष्ट्रवादी मोर्चाका अध्यक्ष फणीन्द्र नेपालले बेइजिङमा उच्च स्तरीय भेटघाट गरेका छन्। यस क्रममा उनले चीनका राष्ट्रपति सी जिन पिङका प्रमुख सल्लाहकार प्रोफेसर ली जिक्वाङ(ीष् ह्ष्नगबलन)लाई ग्रेटर नेपालको नक्सा हस्तान्तरण गरेको हुन्। यसका अतिरिक्त मोर्चाका अध्यक्ष नेपालले सिचुआन विश्वविद्यालयका चारजना प्रोफेसरहरुसागको संयुक्त भेटघाटका क्रममा वहााहरुलाई पनि ग्रेटर नेपालको नक्सा उपलब्ध गराइ नेपाल, चीन, भारत सम्बन्धका विषयमा गम्भिर छलफल गरेको जानकारी दिएका छन्। भेटघाटका क्रममा उन्ाले चिनियाा जनमुक्ति सेनाका दुई जना जनरललाई पनि भेटेका थिए।  
राष्ट्रपतिका सल्लाहकार लीसागको भेटका क्रममा चीन सरकार र कम्युनिष्ट पार्टी अफ चाइना (ऋएऋ) का थिङ्क ट्याङ्क मानिने प्रो. लीले नेपालले जस्तै चीनले पनि सीमा समस्या भोगिरहेको बताउादै भौगोलिक अखण्डताका विषयमा नेपाल र चीनले मिलेर ठोस रणनीति अख्तियार गर्नुपर्ने विचार व्यक्त गरेका थिए। ग्रेटर नेपालबारे बंगलादेशका कूटनीतिज्ञहरुले आफूसाग जिज्ञासा रोखेको बताउादै ग्रेटर नेपालको अवधारणा अध्ययनका निम्ति अत्यन्तै गम्भीर विषय भएको उल्लेख गरेका थिए। तिब्बतको मामिलामा निकै संवेदशील देखिएका प्रो. लीले तिब्बतको विषयमा नेपाल विदेशी तत्वको तारो बन्न सक्ने भएकाले यस विषयमा दुबै देशले संयुक्त रणनीति अख्तियार गरेर त्यो तत्वका विरुद्ध सागै लड्नुपर्ने बताएका थिए।  
मोर्चाका अध्यक्ष नेपालले नेपाल र चीन बिच शान्ति तथा मैत्री सन्धि हुन किन विलम्ब भएको हो भन्ने प्रश्नको उत्तरमा पटक पटक नेपालको भ्रमण गरिसकेका एसियाका जानकार मानिनुहुने प्रो. ली. जो चीनको कम्युनिष्ट पार्टीको प्रोपोगान्डा सिस्टमका निम्ति राष्ट्रिय सामाजिक विज्ञान प्रतिष्ठान परियोजनाका प्रमुख विज्ञ पनि हुन्– ले आफूले यस सन्धिको मस्यौदा धेरै पहिले आफ्नो सरकार समक्ष बुझाइसकेको बताएका थिए। उनले नेपालसाग कूटनीतिक औपचारिकता भन्दा पनि भावनात्मक र हार्दिक निकटता रहेको उल्लेख गरे।
सिचुआन विश्वविद्यालयका प्रोफेसरहरुले कुनै पनि देशको विकासका पूर्वाधारमध्ये सडक प्रमुख भएकोले नेपालले पनि सडक निर्माणलाई प्राथमिकता दिनुपर्नेमा जोड दिएका थिए। चिनियाा प्राध्यापकहरुले भारतसागको चीनको निकटताको अर्थ नेपालसाग दूरी कायम गर्न खोजेको भन्ने नसोच्न आग्रह गर्दै नेपालको आर्थिक विकासमा चीन सधैं सहयोगी रहने र आगामी दिनमा यो क्रम नेपालीले देख्न सक्ने, सुन्न सक्ने र अनुभव गर्न सक्ने गरी देखा पर्ने बताएका थिए। उनीहरुले चीनको समुद्री बन्दरगाह नेपाललाई अंकमाल गर्न व्यग्र रहेको समेत बताए।  
मोर्चाका अध्यक्ष नेपालले आफूले बेइजिङ, सिचुवान, गोन्जाओ र सेनजेनको भ्रमण गरी जलविद्युत् परियोजना, सडक, रेलवे, पेट्रोलियम, लत्ता कपडा, स्टिल र विद्युतीय सामग्रीको नेपालमा व्यापारिक सम्भाव्यता बारे छलफल गरेको र यी सबै विषयमा चीन सकारात्मक भएको उनको प्रतिक्रिया थियो।