Advertisement Banner
Advertisement Banner

०६ बुधबार, श्रावण २०८३21st July 2026, 3:28:44 pm

एनआरएनए नेदरल्याण्ड्सको अध्यक्षमा सावित्री

०८ बुधबार , श्रावण २०८२एक बर्ष अगाडि

एनआरएनए नेदरल्याण्ड्सको अध्यक्षमा सावित्री

गैरआवासीय नेपाली संघ (एनआरएनए), राष्ट्रिय समन्वय परिषद् नेदरल्याण्ड्सको अध्यक्षमा सावित्री पौडेल निर्वाचित भएकी छन् । हालै सम्पन्न अधिवेशनबाट उनी अध्यक्षमा चयन भएकी हुन् । त्यस्तै, वरिष्ठ उपाध्यक्षमा हिरण्यलाल ओझा, उपाध्यक्षमा शंखबिर लामा, महिला उपाध्यक्षमा निर्मला श्रेष्ठ, युवा उपाध्यक्षमा ध्रुव न्यौपाने निर्वाचित भएका छन् ।

महासचिवमा सुजन कटुवाल, सचिवमा भुवन गिरी, युवा संयोजकमा गोविन्द ढकाल, महिला संयोजकमा सुजता शाक्य चयन भएका छन् । सदस्यमा विनोद लम्साल, काजी फुँयाल, संदिपशिँह बस्नेत, कैलास गिरी, अनिल पाण्डे र सरु श्रेष्ठ निर्वाचित हुँदा आईसिसी सदस्यमा धनकुमार बोहरा चयन भएका छन् ।

गैरआवासीय नेपाली संघ, अन्तर्राष्ट्रिय समन्वय समितिका प्रवक्ता फणीन्द्र पन्तको प्रमुख आतिथ्यमा अधिवेशन सम्पन्न भएको हो । अधिवेशनमा समितिकी महिला संयोजक अनुजा प्रधान र एनआरएनए नेदरल्याण्ड्सका संस्थापक अध्यक्ष शशिकान्त पौडेलको विशेष आतिथ्यता रहेकाे थियाे ।

यस्तै, इनास ग्लोबलका संस्थापक अध्यक्ष पुष्प बरुवाल, केन्द्रीय सदस्य टिकाराम सापकोटा, बेल्जियमबाट अतिथिको रुपमा आमन्त्रित हरि भट्टराई, पूर्वअध्यक्ष खड्गबहादुर केसी, लोकेन्द्र नेपाल, तीर्थराज धमला, महासचिव रुवीना शर्मा, नेपाल पत्रकार महासंघ युरोपका उपाध्यक्ष द्रोण रिजाल, प्रवासी नेपाली मञ्च नेदरल्याण्ड्सका अध्यक्ष केशवराज पाण्डे, नेपाल व्यवसायी संघ नेदरल्याण्ड्सका अध्यक्ष संघर्षशिल केसीलगायतकाे सहभागीता रहेकाे थियाे ।