Advertisement Banner
Advertisement Banner

०६ बुधबार, श्रावण २०८३21st July 2026, 3:28:44 pm

साउनको पहिलो सोमबार पशुपतिकाे चारै ढोका खुला

०६ सोमबार , श्रावण २०८२एक बर्ष अगाडि

साउनको पहिलो सोमबार पशुपतिकाे चारै ढोका खुला

आज साउन महिनाको पहिलो सोमबार पशुपतिकाे चारै ढोका भक्तजनका लागि खुला गरिएको छ । मन्दिर परिसरमा साउन महिनाको सोमबार भक्तजनकाे भिड लाग्ने भएकाले आज महिनाकाे पहिलाे साेमबार बिहान ३ बजेदेखि नै पशुपतिनाथ मन्दिरकाे चारै ढोका भक्तजनका लागि खुला गरिएको हाे ।

साउन महिनाकाे पहिलाे साेमबार पाँच लाख जना भक्तजनले मूल मन्दिर प्रवेश गरेर दर्शन गर्नसक्ने गरी व्यवस्था मिलाएर पशुपतिनाथ मन्दिरकाे चारै ढोका भक्तजनका लागि खुला गरिएको पशुपति क्षेत्र विकास कोषका संस्कृति संरक्षण महाशाखा प्रमुख अरुण विसेटले जनाएका छन् ।

त्यस्तै कोषले यो वर्षदेखि साउनको सोमबार पशुपतिनाथको दर्शन गर्न आउनेका लागि चक्रपथमा निःशुल्क बसको व्यवस्था गरेको छ । जसअनुसार साउनका चारवटै सोमबार चक्रपथ परिक्रमा गरेर चार वटा बसले भक्तजनलाई निःशुल्क सेवा दिने कोषले जनाएको छ ।

भक्तजनका लागि मारवाडी समाजले निःशुल्क भोजनको व्यवस्था मिलाएको छ । यता काेषले साउन महिनामा विशेष पूजाका लागि सात हजार ५०० रुपैयाँ भन्दा कमको टिकट नकाट्ने पनि जनाएको छ ।