Advertisement Banner
Advertisement Banner

०४ सोमबार, फाल्गुण २०८२10th February 2026, 12:33:31 am

कोहलपुर बाल शिक्षा माबिमा नाटक प्रदर्शन

०४ शनिबार , श्रावण २०८२७ महिना अगाडि

कोहलपुर बाल शिक्षा माबिमा नाटक प्रदर्शन

कोहलपुर ÷ बास नेपालले कोहलपुर नगरपालिका वडा नम्बर १३ स्थित बाल शिक्षा माबिमा  कचहरी नाटक तथा सामुदायिक शिक्षा कार्यक्रम गरेको छ ।
रेष्टलेस डेभलेपमेन्ट, क्रियसन नेपाल र युथ ईनोभेसन को सहयोग, कोहलपुर नगरपालिकाको सहकार्य तथा बास नेपालको आयोजनामा आज शुक्रवार उक्त कचहरी नाटक तथा सामुदायिक शिक्षा कार्यक्रम गरिएको हो ।
प्लाष्टिकजन्य फोहोरमैला ब्यवस्थापन तथा जवाफदेहिता परियोजना अन्तर्गत कोहलपुर नगरपालिकामा कार्यक्रमहरु गर्ने क्रममा आज शुक्रवार कचहरी नाटक प्रस्तुत गरिएको थियो भने नाटक प्रदर्शन स्थलमा झण्डै ८० जनाको उपस्थिति रहेको थियो ।
कोहलपुर नगरपालिका वडा नम्बर १३ स्थित बाल शिक्षा माबिका प्रधानाध्यापक तर्क बहादुर खत्री, बास नेपालका केन्द्रीय अध्यक्ष शिव कुमार बर्माको उपस्थितिमा सञ्चालन गरिएको कचहरी नाटकमा स्थानिय अबिभावकहरुका साथै बिद्यालयका शिक्षकहरुका साथै बिद्यार्थीहरुको सहभागीता रहेको थियो ।
प्लाष्टिकको प्रयोगमा कमी ल्याउन हरेक नागरिकहरु स्वयं सचेत हुन जरुरी रहेको र सामान किन्न बजार जाँदा कपडाको झोलानै प्रयोग गरौं भन्ने शन्देश छर्न देखाईएको कचहरीमा घर बाटै फोहोर बर्गीकरण गर्दा ध्यान दिनु अबश्यक रहेको कुरा कचहरीमा प्रस्तुत गरिएका हो । कचहरी नाटकका पात्रहरुमा मन भण्डारी, तपेन्द्र मलाती, शोभा भण्डारी, शोभा थापा मगर, तपेन्द्र मलाती, रमिता शाह र सपना नेपाली रहेका थिए । नाटक समापन सँगै नाटकका पात्रहरुले चक्रीय अर्थतन्त्र प्रवद्र्धन गरौँ, प्लास्टिकको प्रयोग न्यूनीकरण गरा,ैं रिसाइकल गर्ने बानी बसालौं, एकल प्रयोगको प्लास्टिकको विकल्प रोजौं, प्लाष्टिकजन्य फोहोर कम गरौं, प्लाष्टिकजन्य फोहर नजलाऔँ, वायु स्वच्छ राखौं, प्लास्टिक फोहोरमुक्त कोहलपुर, हामी सबैको साझा लक्ष्य अंिकंत प्लेकार्ड प्रदर्शन गरेका थिए ।

@madav karki