Advertisement Banner
Advertisement Banner

०६ बुधबार, श्रावण २०८३21st July 2026, 3:28:44 pm

सर्पले डस्दा १४ महिने बालिकाको मृत्यु

०२ बिहिबार , श्रावण २०८२एक बर्ष अगाडि

सर्पले डस्दा १४ महिने बालिकाको मृत्यु

कपिलवस्तु सर्पले डस्दा १४ महिने बालिकाको मृत्यु भएको छ । कपिलवस्तुको महाराजगञ्ज नगरपालिका-२, मा सर्पले डस्दा १४ महिने बालिकाको मृत्यु भएको हो ।

घरमा सुतेको अवस्थामा सर्पले डसेर बालिका संगीता पासवानको मृत्यु भएको बताइएको छ । सर्पले डसेपछि अचेत भएकि बालिकालाई उपचारका लागि बहादुरगंज अस्पताल लगिएको थियो ।

बहादुरगंज अस्पताल उनको उपचार हुन नसकेपछि थप उपचारका लागि गोरुसिंगेस्थित सर्वदंश उपचार केन्द्रमा ल्याइए पनि उपचारमा ढिलाइ हुँदा उनको बाटोमै मृत्यु भइसकेको गोरुसिंगे सर्पदंश उपचार केन्द्रले जनाएको छ ।