Advertisement Banner
Advertisement Banner

०६ बुधबार, श्रावण २०८३21st July 2026, 3:28:44 pm

पशुपतिनाथ मन्दिरमा बिहानबाटै भिड

०२ बिहिबार , श्रावण २०८२एक बर्ष अगाडि

पशुपतिनाथ मन्दिरमा बिहानबाटै भिड

आज साउन १ गते अर्थात श्रावण सङ्क्रान्तिको अवसरमा पशुपतिनाथ मन्दिरमा भक्तजनको बिहानबाटै बाक्लो भिड लागेकाे छ । साउन महिना सुरू भएकाे पहिलो दिनमा पशुपतिनाथ मन्दिर परिसरमा भक्तजनको बिहानबाटै भिड लागेकाे हाे ।

साउन महिना भगवान शिवको आराधनाका लागि विशेष महिना मानिन्छ । साउन महिनामा भक्तजनहरू हरियो चुरा, माला लगाउने, मेहँन्दी लगाउने र व्रत बस्ने परम्परा पालना गर्दै पशुपतिनाथमा पूजा अर्चना गर्दछन् ।

साउन महिनाको सुरुवातसँगै भगवान शिवलगायता मन्दिर परिसर श्रद्धालुहरूको भीड लाग्ने गर्दछ ।