Advertisement Banner
Advertisement Banner

०६ बुधबार, श्रावण २०८३21st July 2026, 3:28:44 pm

नव नियुक्त सामान्य प्रशासन मन्त्री न्यौपानेले शपथ ग्रहण गर्दै

०१ बुधबार , श्रावण २०८२एक बर्ष अगाडि

नव नियुक्त सामान्य प्रशासन मन्त्री न्यौपानेले  शपथ ग्रहण गर्दै

हालै नियुक्त भएकी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रीमा नियुक्त भगवती न्यौपानेले पद तथा गोपनीयताको शपथ ग्रहण गर्दैछन् । घुस प्रकरणमा मुछिएपछि मन्त्री राजकुमार गुप्ताले राजीनामा दिएसंगै मन्त्रीमा नियुक्त न्यौपानेले शपथ लिन लागेकी हुन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले मंगलबार संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रीमा न्यौपानेलाई मन्त्री नियुक्त गरेका हुन् । मन्त्रीमा नियुक्त न्यौपानेले दिउँसो ३ बजे शपथ लिने तयारी रहेको छ ।

यसअघि स्थानीय तहको निर्वाचनमा मेयरमा पराजित भएकी न्यौपाने नेकपा एमालेका तर्फबाट राष्ट्रिय सभा सदस्यमा निर्वाचित भएकी थिइन् । हाल मन्त्रीमा नियुक्ति भएकी न्यौपाने शपथ ग्रहणलगत्तै आजै मन्त्रालय पुगेर पदभार ग्रहण गर्ने कार्यक्रम रहेको छ ।