Advertisement Banner
Advertisement Banner

०४ सोमबार, फाल्गुण २०८२10th February 2026, 12:33:31 am

सेफ्टीट्याङ्कीमा खसेर बालिकाको मृत्यु

०१ बुधबार , श्रावण २०८२७ महिना अगाडि

सेफ्टीट्याङ्कीमा खसेर बालिकाको मृत्यु

भरतपुरमा सेफ्टीट्याङ्कीमा खसेर एक बालिकाको मृत्यु भएको छ । हिँजो दिउसो भरतपुर अस्पतालको सेफ्टीट्याङ्कीमा खसेर पाँच वर्षीया अञ्जना मगरको मृत्यु भएको हो ।

जिल्ला प्रहरी कार्यालय भरतपुरका प्रहरी नायब उपरीक्षक रवीन्द्र खनालका अनुसार सोही अस्पतालमा कार्यरत कर्मचारी विकास मगरकी पाँच वर्षीया छोरी अञ्जनाको खेल्ने क्रममा सेफ्टीट्याङ्कीमा मृत्यु भएको बताइएको छ ।

हिँजो दिउसो खेल्ने क्रममा सेफ्टीट्याङ्कीमा खसेकी उनको तत्काल उद्धार गरी सोही अस्पतालमा भर्ना गरिएकामा साँझ मृत्यु भएको प्रहरीले जनाएको छ ।