Advertisement Banner
Advertisement Banner

०६ बुधबार, श्रावण २०८३21st July 2026, 3:28:44 pm

अडिओ प्रकरणमा मुछिएका मन्त्री गुप्ताले दिए राजीनामा

३१ मंगलबार , असार २०८२एक बर्ष अगाडि

अडिओ प्रकरणमा मुछिएका मन्त्री गुप्ताले दिए राजीनामा

संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ताले राजीनामा दिएका छन् । घुस ‘डिल’ सम्बन्धी अडिओ प्रकरणमा मुछिएपछि मन्त्री गुप्ताले आफूमाथि लागेको आरोप अनुसन्धान गरि सत्यतथ्य बाहिर ल्याउन सहयोग पुर्‍याउन राजीनामा दिएको बताएका छन् ।

घुस ‘डिल’ सम्बन्धी अडिओ प्रकरणमा मुछिएपछि संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ताले राजीनामा दिएका छन्।

प्रधानमन्त्री केपी शर्मा ओलीले प्रकरणप्रति गम्भीर चासो व्यक्त गर्दै राजीनामा दिन निर्देशन दिएपछि मन्त्री गुप्ता सोमबार राजीनामा पत्र लिएर बालुवाटार पुगेको बताइएको छ । यता उक्त अडिओको सत्यता पत्ता लगाउन फरेन्सिक परीक्षणका लागि प्रयोगशालामा पठाइएको छ ।

मन्त्री गुप्तालाई प्रधानमन्त्री ओलीले आइतबार बालुवाटारमा बोलाई अडिओमा संलग्न व्यक्तिहरूको बारेमा सोधपुछसमेत गरेका थिए । उक्त अडियो प्रकरण सार्वजनिक भएपछि मन्त्री गुप्तालाई बर्खास्त गर्न माग गर्दै चौतर्फी दबाब बढेको थियो ।

यसअघि भूमि आयोग कास्कीको अध्यक्ष नियुक्ति र कर्मचारी सरुवासम्बन्धी विषयमा मन्त्री गुप्ता र एक बिचौलियाबीच भएको भनिएको लाखौंको घुस ‘डिल’ अडिओ सार्वजनिक भएको थियो ।