Advertisement Banner
Advertisement Banner

०४ सोमबार, फाल्गुण २०८२10th February 2026, 12:33:31 am

अमेरिकाको कार दुर्घटनामा दुई नेपाली विद्यार्थीको मृत्यु

३१ मंगलबार , असार २०८२७ महिना अगाडि

अमेरिकाको कार दुर्घटनामा दुई नेपाली विद्यार्थीको मृत्यु

अमेरिकामा भएको कार दुर्घटनामा दुई जना नेपाली विद्यार्थीको मृत्यु भएको छ । अमेरिकाको लुइजियानामा भएको एक कार दुर्घटनामा परि दुई जना नेपाली विद्यार्थीको मृत्यु भएको हो ।

असार २९ गते राति ९ बजेको समय तिर भएक कार दुर्घटनामा लुइजियाना टेक विश्वविद्यालयमा अध्ययनरत २२ वर्षीय राजन यादव र २० वर्षीय रोजिन ओलीको मृत्यु भएको हो । उनीहरू दुवै नेपाली नागरिक भएपनि अहिलेसम्म उनीहरूको नेपालको स्थायी ठेगाना खुलाइएको छैन ।

यादवले कार चलाइरहेका बेला दुर्घटना भएको प्रहरीले जनाएको छ । तीव्र वर्षाका कारण सडक चिप्लिएको अवस्थामा कार अनियन्त्रित भएर रूखमा ठोक्किएको र त्यसपछि आगलागी भएको जनाइएको छ ।

उक्त दुर्घटनामा परि घटनास्थलमै यादव र ओलीको मृत्यु भएको बताइएको छ । कारमा सवार अन्य दुई जना भने घाइते भएको र हाल उनीहरूको स्थानीय अस्पतालमा उपचार भइरहेको प्रहरीको भनाइ रहेको छ ।