Advertisement Banner
Advertisement Banner

०४ सोमबार, फाल्गुण २०८२10th February 2026, 12:33:31 am

अष्ट्रेलियाबाट पहिलो नेपाली टक शो “ह्याप्पी शो अष्ट्रेलिया”

३१ मंगलबार , असार २०८२७ महिना अगाडि

अष्ट्रेलियाबाट  पहिलो नेपाली टक शो “ह्याप्पी शो अष्ट्रेलिया”

ब्रिसबेन, अष्ट्रेलियाबाट सुरु गरिएको पहिलो नेपाली टक शो “ह्याप्पी शो अष्ट्रेलिया” औपचारिक रूपमा सार्वजनिक भएको छ। विजय लुइटेलको नेतृत्वमा सुरु गरिएको यो कार्यक्रम नेपाली समुदायको आवाज बुलन्द पार्ने सशक्त माध्यम बन्ने लक्ष्यसहित अगाडि बढाइएको हो। कार्यक्रममा अष्ट्रेलियामा बसोबास गरिरहेका नेपालीहरूको प्रेरणादायी सफलताको कथा, व्यक्तिगत संघर्ष, र समुदायसँग सम्बन्धित महत्वपूर्ण विषयवस्तुहरू प्रस्तुत गरिन्छ।

अष्ट्रेलियामा लगभग २ लाख नेपालीहरूको बसोबास रहेको वर्तमान परिवेशमा, यो शोले प्रवासमा रहेका नेपालीहरूको विविध अनुभव र उपलब्धिहरूलाई उजागर गर्ने उद्देश्य राखेको छ। ह्याप्पी शो अष्ट्रेलिया ले नेपाल र अष्ट्रेलियाबीचको सेतुको रूपमा काम गर्दै शिक्षा, रोजगारी, आप्रवासन, र संस्कृतिजस्ता विषयमा उपयोगी जानकारी प्रदान गर्छ।

कार्यक्रमका सर्जक लुइटेलका अनुसार, यो शोले नेपाली समुदायबीचको सम्बन्धलाई अझ मजबुत बनाउने, व्यक्तिहरूलाई सशक्त पार्ने, र सूचना तथा संवादमार्फत दुवै देशमा रहेका नेपालीहरूलाई साँचो अर्थमा जोड्ने प्रयास गरिरहेको छ।

यो कार्यक्रम युट्युब च्यानल “Happy Show Australia” मा हेर्न सकिन्छ।