Advertisement Banner
Advertisement Banner

०४ सोमबार, फाल्गुण २०८२10th February 2026, 12:33:31 am

अरनीको राजमार्ग चार दिनपछि संचालनमा

३० सोमबार , असार २०८२७ महिना अगाडि

अरनीको राजमार्ग चार दिनपछि संचालनमा

लगातारको वर्षाका कारण अबरुद्ध भएको अरनीको राजमार्ग अन्तर्गतको सिन्धुपाल्चोकको कोदारी क्षेत्रमा पर्ने ईको सडकखण्ड आजदेखि संचालनमा आएको छ । गत असार २६ गते बिहानको पहिरोले अवरुद्ध उक्त सडकखण्ड आजदेखि संचालनमा आएको हो ।

लगातारको वर्षाका कारण अबरुद्ध बनेको राजमार्ग चार दिनपछि सुचारु भएको हो । उक्त सडकखण्ड अवरुद्ध हुँदा यात्रु र तातोपानी नाकाक्षेत्रका सवारीसाधनहरूले ठूलो सास्ती खेप्दै आएका थिए ।

असार २६ गते बिहान ५ बजे कोदारी क्षेत्रमा पर्ने ईको खण्डमा वर्षासँगै माथिबाट आएको पहिरोले सडक अवरुद्ध बनेको थियो । आज चार दिनपछि पहिरो पन्छाउँदै सडक पूर्ण रूपमा सञ्चालनमा आएको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकले जानकारी गराएको छ ।