Advertisement Banner
Advertisement Banner

०४ सोमबार, फाल्गुण २०८२10th February 2026, 12:33:31 am

मतदाताको उमेर अठार वर्ष पुग्ने मिति निर्धारण र मतदाता अद्यावधिक गर्ने

३० सोमबार , असार २०८२७ महिना अगाडि

मतदाताको उमेर अठार वर्ष पुग्ने मिति  निर्धारण र मतदाता अद्यावधिक गर्ने

मतदाताको उमेर अठार वर्ष पुग्ने मिति (Cut-off Date) निर्धारण र मतदाता नामावली अद्यावधिक गर्ने सम्बन्धमा।

रूपन्देही जिल्ला प्रतिनिधि सभा सदस्य क्षेत्र नं. 3 मा संवत् 20८2/07/१7 गते हुने उपनिर्वाचनका लागि मिति 2082/03/29 मा आयोगबाट मतदाता नामावलीलाई अद्यावधिक गर्ने निर्णय भएको छ।

मतदाता नामावली अद्यावधिक गर्ने सन्दर्भमा 2082/07/16 गतेसम्म 18 वर्ष उमेर पूरा हुने मितिलाई निर्दिष्ट मिति (Cut-off Date) निर्धारण गरी २०८2/03/16 सम्म देशभरबाट सङ्‍कलित मतदाताको विवरणलाई अद्यावधिक प्रक्रियामा लगिने छ। अद्यावधिक कार्यक्रम अन्तर्गत सङ्‍कलित मतदाताको विवरण मिति 2082/04/14 गते आयोगको वेबसाईट www.election.gov.np मा प्रकाशन गरिनेछ भने मिति 2082/04/15 देखि 2082/04/22 गतेसम्म मतदाताले नामावलीमा रहेको त्रुटि सच्याउन निवेदन दिने, कसैले झुट्टा विवरणदिई नामावलीमा नाम समावेश गरेको भए सोको विरोधमा उजुरी दिने, कुनै मतदाताको नाम एकभन्दा बढी स्थानमा समावेश भएकोमा एक स्थानमा मात्र कायम गर्न निवेदन दिने, मृत्यु भएका वा नागरिकता त्याग गरेका मतदाताको नाम मतदाता नामावलीबाट हटाउनको लागि सूचना दिने लगायतका कार्यहरु गर्ने गरी कार्यक्रम निर्धारण गरिएको छ। यसरी मतदाता नामावली अद्यावधिक प्रक्रिया पूरा गरी मिति 2082/05/२5 गते अन्तिम मतदाता नामावली प्रकाशित हुनेछ।

मतदाता नामावली अद्यावधिक कार्यक्रम अन्तर्गत मतदाता नामावलीलाई त्रुटिरहित र थप शुद्ध तुल्याउन आम मतदाता तथा सबै सरोकारवालाहरूको सहभागिता अपरिहार्य रहेकोले मिति 2082/04/15 देखि 2082/04/22 गतेसम्म त्रुटि सच्याउन निवेदन दिने लगायतका तोकिएका कार्यहरूमा अनलाइन प्रणाली समेतबाट निवेदन, सूचना, उजुरी दिन सकिने व्यहोरा सरोकारवालाहरू सबैमा जानकारी गराइन्छ।  

                                                        नीता पोखरेल अर्याल   सहसचिव एवम् प्रवक्ता