
शनिबार साँझ पूर्व निर्वाचन आयुक्त इला शर्माको निधन भएको छ । शर्माको हिँजो साँझ नर्भिक अस्पतालमा उपचार क्रममा निधन भएको हो ।
स्वर्गीय शर्माले निर्वाचन कानुन, नियमावली र निर्देशनको मस्यौदा तयार गर्ने उच्चस्तरीय कानुनी मस्यौदा तथा राजनीतिक सम्बन्ध समितिको नेतृत्व गरेर काम गरेकी थिइन् । पछिल्लो समय उनी सिटिजन्स बैंक इन्टरनेसनलको डाइरेक्टर भएर काम गर्दै आएकी थिइन् ।
हिँजो दिनभर विभिन्न काममा सक्रिय रहेको उनलाई साँझ हृदयाघात भएको थियो । ६० वर्षको उमेरमा आमाको हृदयाघातका कारण निधन भएपछि छोरीहरु नयाँ दिल्लीबाट आएको र उनको अन्तिम संस्कार आजै गरिने पारिवारिक स्रोतले जनाएको छ ।